म्यानचेस्टर– इंग्ल्यान्डको एफए कप फुटबल प्रतियोगिताअन्तर्गत म्यानचेस्टर यनाइटेड क्वार्टरफाइनलबाट बाहिरिएको छ। म्यानचेस्टरलाई वुल्भ्सले २–१ गोलले पराजित गरेको हो।
वुल्भ्सका लागि जिमेनेजले ७० र जोताले ७६ मिनेटमा गोल गरे। म्यानचेस्टरका रास्फोडले दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल फर्काएपनि खेलमा फर्कन ढिला भइसकेको थियो। यता जितसँगै वुल्भ्स २१ वर्षपछि एफए कपको सेमिफाइनलमा पुगेको छ।
यता म्यानचेस्टर सिटीले पहिलो हाफमा २–० गोलले पछि परेको स्थिति उल्टाएर स्वान्सी सिटीमाथि ३–२ को जित निकालेको छ। जितसँगै सिटी सेमिफाइनलमा पुगेको छ। स्वान्सीका लागि ग्रिमेसले २० मिनेटमा पेनाल्टी र सेलिनाले २९ मिनेटमा गोल गरे। सिटीका लागि बेर्नान्डो सिल्भाले ६९ मिनेटमा गोल गरे। स्वान्सीका नोर्डफेल्डले ७८ मिनेटमा आफ्नै पोस्टमा गोल गरेपछि खेल बराबरीमा आयो। यस्तै अग्युरोले ८८ मिनेटमा गोल गर्दा सिटीले अग्रता लियो।
अर्को क्वार्टरफाइनलमा वाटफोर्डले क्रिस्टल प्यालेसलाई २–१ ले रहाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।