• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, फागुन १३, २०८२ Wed, Feb 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

खेलकुद विकासमा विभागीय टिमको उच्च योगदान, आर्मीका खेलाडीले जितेका छन् बढी अन्तर्राष्ट्रिय पदक

64x64
नेपाल लाइभ शनिबार, चैत २, २०७५  १०:३४
1140x725

काठमाडौं– नेपालको खेलकूद क्षेत्रको विकासका लागि विभागीय टोलीहरुको भूमिका र योगदान महत्वपूर्ण रहेको एक प्रतिवेदनले औँल्याएको छ। प्रतिनधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित युवा तथा खेलकूद उपसमितिले तयार पारेको प्रतिवेदनमा नेपाली सेनाकोे त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबले नेपाली खेलकूदको क्षेत्रमा विशेष योगदान पुर्‍याएको जनाइएको छ।

प्रतिवेदनमा नेपाली सेनाले आफ्नो प्रमुख जिम्मेवारीको अलवा देशको खेलकूद क्षेत्रको विकासमा समेत महत्वपूर्ण योगदान दिँदै आइरहेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका विभिन्न विधाहरु एथ्लेटिक्स, बक्सिङ, पौडी, तेक्वान्दो, भलिबल, फुटबल, जुडो, कराते, भारोत्तोलन लगायतका खेलमा राष्ट्र तथा नेपाली सेनाको प्रतिनिधित्व गरी उत्कृष्ट खेलकूद प्रदर्शन गर्दै आइरहेको जनाइएको छ।

सेनाले आन्तरिक स्रोत साधन र न्यूनतम पूर्वाधारको आधारमा समेत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि करीब सात प्रतिशत खेलाडी उपलब्ध गराउँदै आएको छ। हालसम्म नेपाली सेनाका खेलाडीले खेलकूदका विभिन्न विधामा गरी ९५ वटा अन्तर्राष्ट्रिय पदक जित्न सफल भएका छन्।

नेपाली सेनामा खेलकूदको संस्थागत विकास गर्दै लैजाने अभिप्रायले २०४६ सालमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब स्थापना भएको हो‍। हाल यस क्लबमा ३१ विधाका खेलको प्रशिक्षण लगनखेल र सिंहदरबारमा गरी दुई स्थानमा हुने गरेको छ । नेपाल प्रहरीले आफ्नो स्थापना कालदेखि नै खेलकूदलाई आफ्नो अभिन्न अङ्गको रुपमा अंगिकार गर्दै आएको छ।

सर्वप्रथम २००८ सालमा नेपाल प्रहरीको फुटबल टिम गठन भएको पाइन्छ। आन्तरिक खेलकूदको विकास गर्ने उद्देश्यले २०२३ सालमा महेन्द्र पुलिस क्लबको स्थापना भएको हो। नेपाल प्रहरी सङ्गठनमा खेलकूद गतिविधि अझ वढी स्तरीय र प्रभावकारी बनाउन २०३० सालमा नेपाल प्रहरी केन्द्रीय खेलकूद समितिको गठन भएको पाइन्छ।  

Ncell 2
Ncell 2

नेपाल प्रहरीका खेलाडीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइ राष्ट्रको खेल विकास र सङ्गठनको मान प्रतिष्ठामा समेत अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पुर्याउँदै आएका छन् । विगतको इतिहास हेर्ने हो भने नेपाल प्रहरीले नेपाल राष्ट्रको सम्पूर्ण खेलको झण्डै ३३ प्रतिशत खेल क्षेत्र ओगटेको अध्ययनका क्रममा पाइएको उपसमितिका सदस्य गजेन्द्रबहादुर महत बताउछन् ।

विसं २०६१ देखि नेपाल एपिएफ क्लबको स्थापना भई खेलकूदको क्षेत्रमा क्रियाशील रहँदै आइरहेको छ। यस क्लबबाट विभिन्न खेलहरूमा राष्ट्रियस्तरका खेलाडीहरू उत्पादन गर्ने, विभिन्न राष्ट्रिय प्रतियोगितामा सहभागी हुने र अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत यस क्लबका खेलाडीहरु राष्ट्रिय टीममा छनोट भै सहभागिता जनाउँदै आएका छन्।

अन्य खेलाडीका तुलनामा विभागीय टोलीको प्रदर्शन राम्रो हुनुमा पर्याप्त खेल मैदान, आर्थिक रुपमा थोरै भए पनि सबल र खुराक रहेको बताउछन् समितिका सदस्य सरेशकुमार राई। “विभागीय टोलीसँग पूर्वाधार, प्रशिक्षण लगायतको सहज पर्याप्तताका कारण प्रदर्शमा राम्रो नतिजा ल्याइरहेको छन्, विभागीय टोली नहुने हो भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता अहिलेको भन्दा निकै कमजोर हुने हामीले अध्ययनबाट पाएका छौँ ।”

समितिको गत मङ्सिर २ को बैठकले समितिको क्षेत्राधिकार अन्र्तगतका मन्त्रालयका अनुगमनलाई व्यवस्थित र प्रभावकारी रूपममा अगाडि बढाउन अध्ययन गरी प्रतिवेदन पेश गर्ने गरी जीवनराम श्रेष्ठ संयोजक तथा गजेन्द्रबहादुर महत, दुलारीदेवी खत्वेनी, तिलबहादुर महत क्षेत्री, रेखाकुमारी झा, सन्तकुमार थारु र सरेशकुमार राई सदस्य रहेको सात सदस्यीय युवा तथा खेलकूद उपसमिति गठन गरेको थियो।

समितिले दुई महीना लगाएर तयार गरेको प्रतिवेदनमा नेपाली खेलकूदका समस्या समाधानका उपाय, खेलकूदको पूर्वाधार विकासको आधारलगायत विषयमा सरकारलाई महत्वपूर्ण सुझाव दिएको छ । 

–कुमार चौलागाईं/ रासस

 

प्रकाशित मिति: शनिबार, चैत २, २०७५  १०:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू
‘अन्धविश्वासको भरमा कानून निर्माण गर्दा कुष्ठरोग निवारणमा समस्या’ : कल्याण श्रेष्ठ
संविधानमा संशोधनमा छलफल गर्न मतदातासँग योगेशको आग्रह
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू बुधबार, फागुन १३, २०८२
‘अन्धविश्वासको भरमा कानून निर्माण गर्दा कुष्ठरोग निवारणमा समस्या’ : कल्याण श्रेष्ठ बुधबार, फागुन १३, २०८२
संविधानमा संशोधनमा छलफल गर्न मतदातासँग योगेशको आग्रह बुधबार, फागुन १३, २०८२
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो बुधबार, फागुन १३, २०८२
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय मंगलबार, फागुन १२, २०८२
२४ घण्टामै डेढ करोड उठेपछि साम्बाले भनिन्–अब रोक्नुस् मंगलबार, फागुन १२, २०८२
पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा बुधबार, फागुन १३, २०८२
विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभा मंगलबार, फागुन १२, २०८२
सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा आइतबार, फागुन १०, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय मंगलबार, फागुन १२, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्