काठमाडौं– आइसिसी यू–१९ विश्वकप अन्तर्गत एसिया छनोट प्रतियोगिताका लागि सिनियर टिमका खेलाडी रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय प्रारम्भिक टिम घोषणा गरिएको छ।
टिममा रोहितसहित चार खेलाडी राष्ट्रिय टिममा छन्। यू–१९ टिमका लागि योग्य भएपनि सन्दीप लामिछाने छनोट भएका छैनन्।
मलेसियामा आगामी अप्रिल १० देखि २० सम्म हुने प्रतियोगिताका लागि प्रारम्भिक टिम घोषणा गरिएको छ। १८ सदस्यीय टिम शनिबार अभ्यास लागि भारत जाँदैछ। त्यसपछि विश्वकप छनोट प्रतियोगिताका लागि १४ सदस्यीय टिम घोषणा गरिनेछ।
नेपाली टिमको मुख्य प्रशिक्षकमा विनोदकुमार दास छन्। यस्तै विक्रम न्यौपाने फिजियो र सुरज शाक्य टेकनिकल विश्लेषकको रफमा छन्। नेपाली टिममा अपूर्व देसाईले कन्सल्ट्यान्ट ब्याटिङ प्रशिक्षक र सुवास पात्रोले ट्रेनर रहेका छन्। उनीहरु भारतमै रहेकाले त्यहिँ टिममा मिसिनेछन्।
नेपाली टिमले भारतको आन्द्रा स्टेट क्रिकेट टिमसँग चार वटा अभ्यास खेल खेल्नेछ।
नेपाली टिम
रोहितकुमार पौडेल (कप्तान), मोहमद आसिफ शेख, पवन सराफ, सन्दीप जोरा, भीम सार्की, रविकुमार साह, रित गौतम, कमलसिंह ऐरी, रासिद खान, सागर ढकाल, अभिषेक बस्नेत, कुशल मल्ल, हरिबहादुर चौहान, प्रतिश जिसी, आकास चन्द, सूर्य तामाङ, लोकेश बम, शेर मल्ल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।