• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता  : महिला क्रिकेटमा सुदुरपश्चिम फाइनलमा 

64x64
नेपाल लाइभ शुक्रबार, चैत १, २०७५  १७:३७
1140x725

धनगढी- मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तरगत विभिन्न खेलहरु धनगढीका विभिन्न खेल मैदानमा जारी रहेका छन्। फुटबल र क्रिकेटका खेलहरु तीन दिनदेखि भईरहँदा आजदेखि व्याटमिन्टन र भलिबलका खेलहरु पनि सुरु भएका छन्। 

महिला क्रिकेटमा सुदुरपश्चिम फाइनलमा 
संघीय प्रहरी कार्यालयको खेल मैदानमा भईरहेका महिला क्रिकेट अन्तर्गतको आज भएको खेल जित्दै सुदुरपश्चिम फाईनल प्रवेश गरेको छ । लगातार दोस्रो जित निकाल्ने क्रममा सुदुरपश्चिमले गण्डकी प्रदेशलाई २१० रनको फराकिलो अन्तरले हराएको हो । यसअघि सुदुरपश्चिमले कर्णाली प्रदेशलाई पनि २२७ रनको फराकिलो अन्तरले हराएको थियो । टस जितेर पहिले व्याटिङ गर्दै सुदुरपश्चिमले २० ओभरमा ४ विकेट क्षतिमा २४८ रन बनायो । यो पारीमा सुदुरपश्चिमकी कविता कुँवरले १०१ रनको शतकीय पारी खेलिन् । उनले ५८ बलको सामना गरिन् । यस्तै विन्दु रावलले ६१ बलमा ७९ रन बनाईन् । गण्डकी प्रदेशका लागि एलिसा लामिछानेले दुई विकेट लिईन् । प्रतिउत्तरमा गण्डकी प्रदेश १५ दशमलव ५ ओभरमा सवै विकेट गुमाउँदै ३८ रनमा समेटियो । झिनमाया थापाले १३ रन बनाउनु बाहेक अरुले रन हान्न सकेनन् । सुदुरपश्चिमका लागि कविता जोशीले ४ विकेट र कविता कुँवरले ३ विकेट लिईन् । फाईनल पुग्ने अर्को टोलीको टुङगो भोली हुने लिग चरणका अन्तिम खेलले लगाउनेछ । 

पुरुष क्रिकेटमा प्रदेश नम्बर १ सेमिफाईनलमा प्रवेश
 प्रथम अन्तर प्रदेश स्तरीय मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत पुरुषमा प्रदेश नम्बर १ सेमिफाईनलमा प्रवेश गरेको छ । प्रदेश नम्बर १ ले प्रदेश नम्बर ३ लाई ७ विकेटले हराएको हो। यसअघि भएको खेलमा प्रदेश १ ले गण्डकी प्रदेशलाई ५ रनले पराजित गरेको थियो। फाप्ला मैदानमा भएको खेलमा टस जितेर पहिले व्याटिङ गर्दै प्रदेश नम्बर ३ ले १६ दशमलव ४ ओभरमा सवै विकेट गुमाउँदै ९१ रन बनायो। सो पारीमा सम कंसाकारले ३६ रन बनाए । प्रदेश नम्बर १ का लागि दिपेन्द्र कण्डेल र पुष्प थापाले ३÷३ विकेट लिए । 
९२ रनको विजय लक्ष्य प्रदेश नम्बर १ ले १७ दशमलव ४ ओभरमा ३ विकेट क्षतिमा पुरा गर्यो । प्रदेश नम्बर १ लाई जिताउन मिनाष थापाले ३८ रन र पुष्प थापाले ३६ रन बनाए । प्रदेश नम्बर ३ का लागि नन्दन यादव र अनिल पौडेलले एक एक विकेट लिए । समुह ए मा प्रदेश १ सेमिफाईनल पुग्दा यो समुहबाट सेमिफाईनल र फाईनल पुग्ने टीमको टुङगो भने भोली हुने लिग चरणको गण्डकी प्रदेश र प्रदेश नम्बर ३ बीच हुने खेलपछि लाग्नेछ। 


पुरुष क्रिकेटमा समुह बि मा सुदुरपश्चिम कर्णाली प्रदेश र प्रदेश नम्बर २ रहेकोमा  सुदुरपश्चिम र प्रदेश नम्बर २ सेमिफाईनल पुगेका छन् । दुवै प्रदेश बीच भोली हुने लिग चरणको अन्तिम खेलले फाईनल पुग्ने टीमको टुङगो लाग्नेछ । महिला र पुरुष क्रिकेटमा दुवै समुहका विजेता स्वतः फाईनल पुग्नेछन भने उपविजेता तेस्रो र चौथो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। 


पुरुष फुटबलको सेमिफाईनल समिकरण पुरा 
धनगढी रंगशालामा भईरहेको पुरुष फुटबल प्रतियोगिता अन्तर्गतको सेमिफाईनल समिकरण पुरा भएको छ । आज सम्पन्न भएका लिग चरणहरुका खेलहरुको नतिजापछि सेमिफाईनल समिरकण पुरा भएको हो । समुह ए बाट विजेता बन्दै प्रदेश नम्बर २ र उपविजेता बन्दै प्रदेश नम्बर १ अन्तिम चारमा पुगेका छन् । फुलबारीमको खेल मैदानमा आज भएको प्रदेश नम्बर १ र २ बीचको खेल ३–३ को बराबरीमा सकिएको हो । दुवै टोलीको समान समान ७ अंक भएपनि गोल अन्तरले समुह विजेता र उपविजेताको टुङगो लागेको हो । प्रदेश नम्बर १ का लागि राम तामाङ सन्तोष तामाङ र दिपेन्द्र घिसिङले गोल गरे । प्रदेश २ का लागि सनिल लामाले दुई गोल गरे । एक गोल प्रदेश १ ले आत्मघाती उपहार पाएको हो । 
यस्तै समुह बी बाट आज भएको खेल जित्दै सुदुरपश्चिम पनि उपविजेता भएर सेमिफाईनल पुगेको छ । धनगढी रंगशालामा सुदुरपश्चिमले प्रदेश नम्बर ३ लाई ३–० ले हराएको हो । सानदार जितमा चेतन कठायतले दुई र जीवन चौधरीले एक गोल गरे । यो समुहबाट एक जित र एक बराबरी गर्दै चार अंक सहित समुह विजेता बनेर कर्णाली प्रदेश सेमिफाईनल पुगेको छ । सुदुरपश्चिम प्रदेश कर्णाली प्रदेशसँग यसअघि १–० ले हारेको थियो ।  धनगढी रंगशालामा भोली हुने सेमिफाईनलमा सुदुरपश्चिम र प्रदेश नम्बर २ तथा प्रदेश नम्बर १ र कर्णाली प्रदेश फाईनल प्रवेशका लागि खेल्नेछन् ।

Ncell 2
Ncell 2
nimb
nimb

भलिबलमा लिग चरणका ६ खेल सम्पन्न
पुरुष तथा महिला भलिबलमा लिग चरणका ६ खेल सम्पन्न भएका छन् । आजदेखि सुरु भएको पुरुष र महिला भलिबलका तीन तीन खेल भएका हुन् । महिला भलिबलमा प्रदेश नम्बर ५ ले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । प्रदेश नम्बर ३ र गण्डकी प्रदेश बीचको खेलमा प्रदेश नम्बर ३, ३–१ ले विजयी भयो । प्रदेश नम्बर १ ले प्रदेश नम्बर २ लाई ३–१ को सेटले हरायो । पुरुष भलिबलमा पनि सुदुरपश्चिमले कर्णाली प्रदेशलाई ३–१ ले हरायो । गण्डकी प्रदेश र प्रदेश ३ बीचको खेलमा गण्डकी प्रदेश ३–१ को सेटले विजयी भयो । प्रदेश नम्बर ५ ले प्रदेश ३ लाई ३–० को सेटमा हरायो । 

व्याटमिन्टनमा पनि प्रि क्वाटरफाईनलका खेल सम्पन्न
महिला तथा पुरुष तर्फका यु–१९ र यु–१७ उमेर समुहका प्रि क्वाटरफाईनलका खेल सम्पन्न भएका छन् । यु– १९ पुरुष तर्फ प्रदेश ५ का सरोज अधिकारीले कर्णाली प्रदेशका सुजित कार्कीलाई हराए । सुप प्रदेशका प्रकाश चन्दले गण्डकी प्रदेशका प्रकाश मगरलाई किनारा लगाए । सुप प्रदेशका अंिकत चौधरीले प्रदेश २ का सुनिल चौधरीलाई किनारा लगाए । प्रदेश ५ का विनोद पाण्डेयले प्रदेश ३ का अलिस थापालाई हराए । सुपका देशराज रानाले प्रदेश २ का विवेक मण्डललाई हराए । सुपका योगेश खड्काले प्रदेश २ का भोज गुरुङलाई पराजित गरे । जित हात पारेका सवै पुरुष खेलाडीहरुले क्वाटरफाईनलमा आफ्नो स्थान सुरक्षित गरेका छन् । 
यु–१९ र यु– १७ महिला तर्फका पनि प्रि क्वाटरफाईनलका खेल सम्पन्न भएका छन् । यु–१९ महिला तर्फ कर्णाली प्रदेशकी सामना भट्टराईले सुदुरपश्चिमकी विमला ओझालाई हराईन् । कर्णाली प्रदेशकी पार्वती रोकायाले घाईते भएर खेल त्यागेपछि गण्डकी प्रदेशकी विनिता सुनार अघिल्लो चरणमा पुगिन् । प्रदेश ५ की सुष्मा श्रेष्ठले प्रदेश २ की शसि खत्रीलाई हराईन् । ती खेलमा जित हात पारेका महिला खेलाडीहरु पनि क्वाटरफाईनल पुगेका छन् । यु–१७ महिला तर्फ पनि कर्णाली प्रदेशकी पुष शाहीले सुप प्रदेशकी दिव्यानी वमलाई पराजित गरिन् । सुप प्रदेशकी पोयुम तामाङले प्रदेश ५ की सरु बराललाई किनारा लगाईन् । कर्णाली प्रदेशकी अग्रिमा भण्डारीले सुप प्रदेशकी जसुना खत्रीलाई हराईन् । विजयी भएका यो उमेर समुहका महिला खेलाडी पनि अन्तिम आठमा पुगेका छन् । 

खेलकुदलाई मौलिक हकको रूपमा स्वीकार्नुपर्छः सभामुख महारा 
प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महाराले खेलकुदलाई मौलिक हकको रूपमा स्वीकार्नु पर्ने बताएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा आयोजना गरेको प्रथम मुख्य मन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता उद्घाटन कार्याक्रममा सभामुख महराले खेलकुदलाई मनोञ्जनको साधनको रूपमा मात्रै लिन नहुने बताएका हुन् । शुक्रबार उनले पछिल्लो समयमा खेलकुद स्वास्थ्य र शिक्षासँग पनि सम्बन्धित रहेको बताए । उनले संघीयाता कार्यान्यनमा उपलब्धि प्राप्त गरेको समेत बताए । 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

उनले संघीयता कार्यान्यनमा बाधा पुगाउने १ सय ६५ कानुन परिमार्जन गरिएको बताए । सभामुख महराले संघीयता कार्यान्यन भएपनि कार्य गर्न भने अझै बाँकी रहेको समेत बताए । उनले केन्द्रले केहि नीतिगत कामहरू गर्नमा ढिलाई गर्दा प्रदेश र स्थानीय तहलाई काम गर्न समस्या देखिएपनि त्यो समस्या छिटै समाधान हुने समेत बताए । सभामुख महराले संविधना विरोधी र संघीयता असफल पार्ने कार्यहरूलाई सरकारले निस्क्रिय पार्ने समेत बताए । संघीयता कुनै विदेशी नभई नेपाली मौलिकतामा हुनु पर्नेमा उनले बताए । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले जनताका मागहरू धेरै भएकाले कामहरू अझै गर्न बाँकी रहेको बताए । कानुनहरू निर्माणमा ढिलाई हँुदा विभिन्न कार्यहरू गर्न प्रदेश सरकारलाई कठिनाई भएको समेत बताए ।

कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार शुरुवाती चरणमा रहेकाले प्रदेशमा कार्य गर्न धेरै बाँकी रहेको बताए । ऐन कानुन निर्माणमा भएको ढिलाईले गर्दा प्रदेश सरकारले चाहेर पनि विकास निर्माण कार्यहरू गर्न नसकिरहेको उनले बताए । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा कर्णाली प्रदेशका समाजिक विकास मन्त्री दलबहादुर रावल, प्रदेश नम्बर १ का समाजिक विकास मन्त्री जीवन घिमिरेले खेलले अनुशासित क्षमता बृद्धि गर्ने बताए । प्रतियोगिता उद्घाटन कार्यक्रम शुरु हुनु भन्दा पहिले शुक्रबार बिहान धनगढीको ट्राफिक चौराहदेखि धनगढी रंगशालासम्म सुदूरपश्चिमका मौलिक संस्कृति झल्किने झाँकी सहित प्रभातफेरि आयोजना गरिएको थियो । 

फागुन २९ गतेबाट शुरु भएको प्रतियोगिता चैत्र ३ गते समापन हुने छन्। ७ वटै प्रदेशका खेलाडी, सफिसियल र प्रशिक्षक गरी झण्डै साढे छ सय जनाको सहभागिता छ । प्रतियोगितामा भलिबल, क्रिकेट र ब्याटमिन्टका खेल महिला र पुरुष दुवैको भइरहेको छ भने फुटबल खेल पुरुषको मात्रै भइरहेको छ।

 

प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५  १७:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्