काठमाडौं– साविक विजेता भारत र पाकिस्तान पाँचौ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन्।
शुक्रबार विराटनगरमा भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई २ؘ–० गोलले पराजित गरेपछि समूह 'बी' बाट अन्तिम चारम पुग्ने टिमको टुंगो लागेको हो। यता लगातार दुई खेलमा पराजित माल्दिभ्स भने बाहिरिएको छ।
श्रीलंकाको जितमा चलनी कुमरीले ४० र ५० मिनेटमा गरी २ गोल गरिन्।
योसँगै सेमिफाइनलमा पुग्ने चारै टिमको टुंगो लागेको छ। यसअघि समूह 'ए' बाट नेपाल र बंगलादेशले अन्तिम चारमा स्थान पक्का गरेका थिए। लगातार २ खेलमा पराजित भुटान भने बाहिरिएको थियो।
अब शनिबार नेपाल र बंगलादेशबीचको खेलबाट समूह विजेताको टुंगो लाग्नेछ। यस्तै आइतबार भारत र श्रीलंकाबीचको खेलबाट समूह 'बी' को छिनोफानो हुनेछ। चार वटै टिमले १–१ खेलमा जित हात पारेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।