जुरिच– युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलको ड्र सार्वजनिक भएको छ। जसअनुसार स्पेनिस च्याम्पियन बार्सिलोना र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबीच भिडन्त हुने भएको छ।
शुक्रबार भएको ड्रअनुसार क्वार्टरफाइइनलमा डच क्लब अजाक्स र इटालियन क्लब युभेन्ट्सबीच खेल हुनेछ। यस्तै लिभरपुल र एफसी पोर्टो तथा टोटनह्याम र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा ुहने भएको छ।
क्वार्टरफाइनलको पहिलो लेग ९ अप्रिलमा तथा दोस्रो लेग १६ अप्रिलमा हुनेछ। यस्तै सेमिफाइनलको पहिलो लेग ३० अप्रिल तथा दोस्रो लेग ७ मेमा हुनेछ। फाइनल जुन १ मा म्याड्रिडमा हुनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।