• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

आयोडिन नपुग्दा के हुन्छ ?

64x64
नेपाल लाइभ शुक्रबार, चैत १, २०७५  १०:२०
1140x725

आयोडिन शरीरलाई कम मात्रामा चाहिन्छ तर शरीरको लागि अत्यावश्यक तत्व पनि हो यो । शरीरमा कार्बोहाइड्रेटको मेटाबोलिज्मबाट शक्ति प्रदान गर्नको लागि थाइरोक्सिन भन्ने हर्मोनको आवश्यकता पर्छ । यो थाइरोक्सिन हर्मोन थाइरोइड   ग्रन्थीबाट निस्किन्छ । थाइराइड ग्रन्थीलाई थाइरोक्सिन  हर्मोन निकाल्न आयोडिनको आवश्यकता हुन्छ ।

शरीरमा कुल आयोडिनको मात्रा ५० मिलिग्राम हुन्छ । शरीरको कुल आयोडिनको आधा भाग थाइरोइड ग्रन्थीमा र बाँंकी आधा भाग रगत र शरीरका अरु विभिन्न तरल पदार्थहरुमा पाइन्छ ।

आयोडिनको मुख्य स्रोत समुद्री माछा र समुद्रमा पाइने अरु खाद्यवस्तुहरु हुन् । आयोडिन सबै खाद्यवस्तुहरुमा थोरै मात्रामा पाइन्छ । तर यो कुन अनुपातमा पाइन्छ भन्ने कुरा ती खाद्यवस्तु उब्जाइएको माटोमा निर्भर गर्छ । साधारणतया पहाडी इलाकाको माटोमा कम आयोडिन हुन्छ । यस्ता स्थानहरुमा बस्नेहरुले आयोडिन मिसाएको नुन प्रयोग गर्नुपर्छ ।

आयोडिनको शरीरमा ज्यादै कमी हुन गयो भने गलगाँड निस्कन्छ । नेपाल समुद्रबाट टाढा भएकोले यहाँको माटो र पानीमा आयोडिनको मात्रा निकै कम पाइन्छ । नेपालका पहाडी भेगमा तिब्बततिरबाट ल्याइएको नुन प्रयोग गरिन्छ । यस्तो नुनमा आयोडिन नै हुँदैन । त्यसैले नेपालका कुनै÷कुनै पहाडी इलाका जस्तै( रसुवा, हुम्ला, जुम्ला, बाग्लुङ, त्रिशूली, सोलुखुम्बु आदि गाउँका धेरै प्रतिशत  मानिसमा गलगाँडको समस्या हुन्छ । कैयौं नेपालीहरुले गाँडलाई रोग नठानेर शरीरको एक विकृति ठान्छन् ।

शरीरलाई आयोडिनको दैनिक आवश्यक मात्रा एकदमै थोरै हुन्छ । एक वयष्क व्यक्तिलाई प्रतिदिन ०.१५ देखि ०.२ मिलिग्राम आयोडिन चाहिन्छ भने काखका बच्चा र साना केटाकेटीलाई ०.५ देखि ०.१ मिलिग्राम दैनिक भए पुग्छ ।

हामीले दैनिक सन्तुलित आहार खाएको खण्डमा आयोडिनको आवश्यकता सजिलैसित पूर्ति हुन्छ, तर पानी र माटोमा आयोडिन कम भएको  पहाडी क्षेत्रहरुमा भने खानाबाट मात्र पूर्ति हुन सम्भव हुँदैन । यस्तो अवस्थामा आयोडाइज्ड नुन खानुपर्छ । आयोडिनको धेरै लामो अवधिसम्म कमी भइरह्यो भने अन्ततः गलगाँड निस्कन्छ ।

घाँटीमा थाइरोइड भन्ने ग्रन्थी हुन्छ । यो ग्रन्थीले शक्ति परिचालन गर्न थाइरोक्सिन हर्मोन पैदा गर्छ । केटाकेटीको शारीरिक वृद्धि र विकासको लागि थाइराक्सिनको ज्यादै आवश्यकता हुन्छ । कुनै किसिमको विकृति नभई राम्रो बच्चा जन्माउन र आमाको दुध आउनको लागि पनि यो हर्मोनको ठूलो महत्व हुन्छ । हाम्रो दैनिक आहारमा आयोडिनको कमी हुंदै  गयो भने थाइरोक्सिन हर्माेन सही ढंगबाट उत्पादन हुन सक्दैन, जसले गर्दा रगतमा यसको परिमाण कम हुँदै जान्छ । अनि यो हर्मोन बढी पैदा गर्नका लागि थाइराइड ग्रन्थीले धेरै परिश्रम गर्नुपर्छ, फलस्वरुप ग्रन्थी फुलेर आउँछ, यसलाई गलगाँड भनिन्छ ।

गलगाँड आउँदा २५ ग्राम तौल भएको थाइराइड ग्रन्थी फुलेर २००  देखि ५०० ग्रामसम्मको हुन जान्छ । सुरुमा नै यसको उपचार गरेमा यो ग्रन्थी सुकेर जान्छ, तर  उपचार गर्न ढिला भयो भने पछि औषधोपचार गरे तापनि केही फाइदा हुँदैन । गलगाँड जस्तोको त्यस्तै रहन्छ ।

Ncell 2
Ncell 2
nimb
nimb

साना केटाकेटीहरुमा आयोडिनको धेरै कमी भयो भने शारीरिक, मानसिक विकासमा रोकावट आउँछ । दिमागको विकास यस्तो किसिमबाट रोकिन्छ कि पछि आयोडिन प्रशस्त दिए पनि सुधार आउन सक्दैन । यो अवस्थालाई क्रिटिनियजम भनिन्छ ।

घाँटी फुलेर आउनु नै आयोडिनको कमीको सुरुको लक्षण हो । गलगाँड आउँदैमा शरीरका अरु काममा खास फरक नपर्न पनि सक्छ । खास गरेर किशोरावस्थाका युवायुवती र गर्भवती महिलामा गलगाँड देखापर्छ । लोग्ने मानिसभन्दा प्रायः महिला गलगाँडबाट बढी पीडित हुन्छन् ।

आयोडिनको प्रशस्त उपभोग नै गलगाँडको उपचार हो । खाद्यवस्तुमा आयोडिनको मात्रा कमी हुने भएकोले गलगाँडका रोगीलाई डाक्टरको सल्लाहअनुसार आयोडिनको सुई पनि दिन सकिन्छ । यसो गरेमा गलगाँड सानो हुँदै जान्छ तर गलगाँडमा नोडुल बनिसकेको भए उपचार गरे पनि पूरै भागमा ठीक हुनसक्दैन । यसले गलगाँड आउनुभन्दा पहिला नै होसियार हुनु बुद्धिमानी हो ।

गलगाँडको रोकथामको लागि सबैभन्दा सजिलो उपाय आयोडिनयुक्त नुनको नियमित प्रयोग नै हो । १ सय किलो साधारण नुनमा १ ग्राम सोडियम आयोडेट मिसायो भने आयोडाइज्ड नुन तयार हुन्छ । अर्काे उपायको रुपमा पाँचदेखि ४५ वर्र्षम्मका पहाडी इलाकामा बस्ने सबै मानिसहरुले आयोडिनको सुई लगाउनु हो । हाम्रो देशमा पनि आजकाल आयोडिन हालेको आयो नुन पाइन्छ । जनस्वास्थ्य विभागद्वारा पहाडी क्षेत्रमा यो नुन वितरण गर्नुको साथै आयोडिनको सुई लगाउने व्यवस्था पनि भइरहेको छ ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

 

प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५  १०:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्