काठमाडौं- सरकारले दक्षिणी छिमेकी भारत र संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूतलाई मन्त्रीसरहको सुविधा दिने निर्णय गरेको छ।
गत मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई मन्त्री सरहको सुविधा दिने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।
भारतका लागि नीलाम्बर आचार्य र संयुक्त राज्य अमेरिकाका लागि अर्जुनबहादुर कार्की राजदूत छन्।
सरकारले यसअघि भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायलाई पनि तत्कालीन सरकारले मन्त्रीसरहको सुविधा दिएको थियो।
त्यस्तै अर्को छिमेकी चीनका लागि नेपालका राजदूत लीलामणि पौडेललाई पनि सरकारले मन्त्री सरहको सेवा सुविधा दिइसकेको छ।
त्यस्तै सरकारले सार्क सचिवालय काठमाडौं र बिम्स्टेक सचिवालय ढाकाका लागि दुई जना उपसचिवको दरबन्दी थप्ने निर्णय पनि गरेको छ।
विदेशी नियोगमा जाँदा प्रमुखहरूले लैजाने व्यक्तिगत सहयोगीका लागि पनि विशेष राहदानी व्यवस्था गर्ने निर्णय गरेको सरकारले गरेको पनि मन्त्री बाँस्कोटाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।