काठमाडौं- सिके राउतसँग गरिएको सहमति संविधानको परिभाषभित्रै रहेको सूचना, सञ्चार तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले जनाएका छन्।
‘सिके राउतसँग गरिएको सहमतिको दोस्रो बुँदा संविधानको परिभाषाभित्रै रहेर गरिएको हो,’ बिहीबार सिंहरबारमा आयोजित नियमति पत्रकार सम्मेलनमा उनले भने।
गत शुक्रबार सरकार र स्वतन्त्र मधेस गठबन्धनका संयोझक राउतबीच ११ बुँदे सहमति भएको थियो। उक्त सहमतिको दोस्रो बुँदालाई लिएर विवाद भइरहेको छ।
राउत पक्षले उक्त सम्झौतामा प्रयोग भएको ‘जनअभिमत’ शब्दलाई सरकार तराईका विषयमा जनमतसंग्रह गराउन तयार भएको रुपमा प्रचार गरिरहेको छ। तर, सरकारले भने त्यसलाई अस्वीकार गर्दै आएको छ।
पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले यस विषयमा शब्दको खेती चलिरहेको बताए। ‘राउतले सहमति गरिसकेपछि कोहीकोही शब्दको खेती गरिरहेका छन्,’ उनले भने, ‘शब्दको खेती चलिरहन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।