• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

३८ सय किलो सुन तस्करी प्रकरण : सर्वोच्चको सुनवाइ चार महिनामा ९ पटक सर्‍याे

आफूअनुकूल इजलास नपरेको भन्दै नियमावली विपरीत पटक-पटक पेसी
64x64
नेपाल लाइभ बिहीबार, फागुन ३०, २०७५  १२:५३
1140x725

काठमाडौं– ३८ सय किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणले प्रहरी अधिकारीलाई अभियुक्तमात्र बनाएन न्यायाधीशलाई समेत विवादित बनायो।

यही प्रकरणका विराटनगर उच्च अदालतका मुख्य न्यायाधीशसहित ७ न्यायाधीश हाल छानबिनको क्रममा छन्। न्यायालयकाे इतिहासमै यति ठूलो संख्यामा उच्च अदालतका न्यायाधीशहरु पहिलो पटक छानबिनका लागि तानिएका हुन्। सोही प्रकरणमा १९ अभियुक्तको मुद्दा विगत ४ महिनादेखि सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।

उक्त प्रकरणमा जिल्ला र उच्च अदालतको आदेशलाई चुनौति दिँदै २०७५ कात्तिक १२ गते पहिलो निवेदन सर्वोच्चमा दिएका थिए। राउतपछि १८ अभियुक्तको निवेदन सर्वोच्चमा दर्ता भई सुनुवाइकाे पालो पर्खेर बसेको छ। कात्तिकदेखि पहिलो सुनुवाइ हुँदै फाइल मगाउने आदेश भएको मुद्दामा दोस्रो सुनुवाइ हुन सकेको छैन।

हालसम्म उक्त मुद्दा २४ जना न्यायाधीशको इजलासमा पेसी तोकिइसकेको छ।

बिहीबार उक्त मुद्दा न्यायाधीशद्धय हरिकृष्ण कार्की र विश्वम्भर श्रेष्ठको इजलासमा पेसी रहेको थियो। तर, उक्त मुद्दा स्थगितको सूचीमा परेपछि नवाैं पटक सुनुवाई सरिसकेको छ।

गत साता उक्त मुद्दाको पेसी न्यायाधीशद्धय दिपककुमार कार्की र हरिकृष्ण कार्कीको इजलासमा पेसी रहेको थियो। दिपकुमार कार्कीले हेर्न नमिल्ने भएपछि पेसी सरेको थियो।

१७ आरोपितहरु जिल्ला अदालत मोरङ र उच्च अदातल विराटनगरले आफ्नो पक्षमा आदेश नगरेपछि पुनरावेदनको निवेदन लिएर सर्वोच्च आएका थिए। दुई प्रतिवादीको हकमा सरकार आफैंले पुनरावेदन निवेदन दायर गरेको थियो।

पक्षले मात्र पाँच पटकसम्म पेसी सारे

Ncell 2
Ncell 2
nimb
nimb

सर्वोच्च अदालत नियमावलीमा दुई पटकसम्म कुनै अत्यावश्यक कामका लागि पक्षका कानुन व्यवसायीले मुद्दाको पेसी सार्न पाउने व्यवस्था छ। तर, सुन तस्करी प्रकरणमा उक्त नियमावली कै उल्लंघन हुनेगरी पक्षका कानुन व्यवसायीले ५ पटकसम्म मुद्दाको पेसी हटाएका छन्। २०७५ कात्तिक २५, मंसिर ७, मंसिर २८, माघ २५ र फागुन १७ गते पक्षका कानुन व्यवसायीले मुद्दा निवेदन दिँदै हटाएका थिए।

उच्च अदातल विराटनगर र जिल्ला अदातलले गरेको आदेश त्रुटीपूर्ण भएको भन्दै १७ नम्बर निवेदनअनुसार सर्वोच्च आएका उनीहरुले लामो समयदेखि सुनुवाइ हुन नदिई मुद्दाको पेसी आफैं सार्दै आएका हुन्।

आफू अनुकूल इजलास नपरेको निष्कर्षसहित पक्षका कानुन व्यवसायीहरुले यसअघि ५ पटकसम्म मुद्दाको पेसी हटाएका हुन्। 

२०७५ कात्तिक १५ देखि दर्ता भएका निवेदनउपर हालसम्म २४ जना न्यायाधीशको इजलास तोकिएको छ। सर्वोच्चले त्यसमा पहिलो सुनुवाई गर्दै फाइल मगाउने आदेश मात्र जारी गरेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अन्तिम पटक फागुन १७ गते रहेको पेसी पक्षका कानुन व्यवसायीले निवेदन दिएर हटाएका थिए। धेरै कानुन व्यवसायी भएको फाइदा उठाउँदै उनीहरुले एकपछि अर्को कानुन व्यवासीमार्फत मुद्दाको पेसी हटाउँदै आएका थिए।

यसअघि विभिन्न इजलासमा छरिएर रहेका मुद्दालाई एकै ठाउँमा राख्दै सुनुवाइको लागि पेसी तोकिएको थियो।

३८ क्विन्टल सुन तस्करीको आरोपमा थुनामा रहेका आरोपितहरुको मुद्दा सर्वोच्चमा केही समयदेखि सर्दै आएको हो।

जिल्ला अदालत मोरङको थुनामा पठाउने आदेश र सोही आदेश सदर गर्ने उच्च अदालत विराटनगरको फैसलाविरुद्ध उनीहरुले दायर गरेको निवेदनमा पहिलो सुनुवाइ भए पनि उनीहरु धरौटीमा रिहा हुने वा नहुने विषयमा बहस हुन सकेको छैन।

मोरङ जिल्ला अदालतमा दर्ता भएको सुन तस्करी, कर्तव्य ज्यान तथा संगठित अपराध मुद्दामा उक्त अदालतको आदेशलाई चुनौती दिँदै उनीहरु सर्वोच्च पुगेका हुन्।

आरोपितहरु डिएसपी सञ्जयबहादुर राउत, तुलाराम थारु, रामकुमार तिवारी र गोविन्दप्रसाद निरौला, राजन थापा, गोपालकुमार श्रेष्ठ, हेमन्त गौतम, सम्विरप्रसाद तोलाङ्गे, महावीरप्रसाद गोल्यान, मदन सिलवाल, अमरमान डंगोल र बालकृष्ण सन्जेलको मुद्दा शुक्रबार पेसीमा छ।

मोरङ जिल्ला अदालतको आदेशविरुद्ध १२ आरोपितले पहिलो चरणमा र बाँकी ५ जनाले दोस्रो चरणमा सर्वोच्चमा निवेदन दिएका थिए।

दोस्रो सुनुवाइमा सामान्य धरौटीमा छोड्ने विषयमा आदेश जारी गर्न आरोपितहरुले अघिल्ला प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको पालामा चलखेल गरिरहेका थिए।

उनको अवकाससँगै यो मुद्दा नयाँ न्यायाधीशको इजलासमा पेसी तोकिएको छ। चलखेलकै लागि यसअघि पटक–पटक एकै न्यायाधीशको इजलासमा पेसी तोकिँदै आएको थियो।

करीब डेढ महिना लामो अनुसन्धानपछि गत बैसाख २६ गते जिल्ला सरकारी वकिलको कार्यालयले बहालवाला प्रहरी अधिकृतसहित २९ जनालाई पक्राउ गरी अदालतमा पेस गरेको थियो।

उनीहरूविरुद्ध संगठित अपराधअन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरीपैठारी गरेको, अपहरण तथा शरीर बन्धक बनाएको र कर्तव्य ज्यान मुद्दामा आरोपपत्र दायर भएको थियो।

प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५  १२:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्