काठमाडौं– नेत्रविक्रम चन्द बिप्लवको नेकपाका गतिविधीमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयका विषयमा प्रतिक्रिया दिएका छन्। उनले आफ्नो पार्टीको गतिविधिलाई लगाइएको प्रतिबन्धतर्फ संकेत गर्दै मुखतोड जफाव दिन तयार रहेको बताएका छन्। उनले भनेका छन्, 'केपी—बादल कम्पनीले दमन गरेमा त्यसको मुखतोड प्रतिरोध गर्न हामी पूर्ण रूपले तयार रहेको सबैलाई अवगत गराउन चाहन्छौँ।'
आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय आपराधिक, षड्यन्त्रकारी र हास्यास्पद रहेको उनले बिज्ञप्तिमार्फत् बताएका छन्। प्रतिबन्धलाई केपी—बादल कम्पनीको कुकर्मको संज्ञा दिँदै आफ्नो पार्टीमाथि २०७२ सालदेखि अघोषित प्रतिबन्ध लगाएको जनाएका छन्। 'हामीले २०७२ सालमा प्रतिगामी संविधान अस्वीकार गरेदेखि नै हाम्रो पार्टीमाथि अघोषित प्रतिबन्ध लगाउँदै आएको थियो । कथित संसदीय चुनावहरूको बहिष्कार गरेपछि त गोली हान्ने र हत्या गर्नेसम्ममा राज्य उत्रियो । हालसम्म हाम्रा तीनजना कार्यकर्ताको सहादत भइसकेको छ भने दर्जनभन्दा बढी कमरेडहरू घाइते हुनुहुन्छ,' भनेका छन्।
एमाले, काङ्ग्रेस, भारतसँग प्रचण्डहरूले टाउको लतारेपछि उनीहरूले क्रान्ति बेचेर कम्युनिस्टहरूप्रति गद्दारी गरेका कारण आफूले उनीहरूविरुद्ध विद्रोहको झन्डा उठाएको बताएका छन्। आफूमाथि प्रतिबन्धको घोषणा गर्नु कुनै नयाँ र ठूलो कुरा नभएङ्काले केपी—बादल कम्पनीले दमन गरेमा त्यसको जफाव दिने जनाएका छन्।
आफ्नो पार्टीले एनसेल, अरुण ३ माथि गरेको कारबाहीको सही रहेको बताउँदै भनेका छन्, ‘जहाँसम्म अरुण ३, एनसेल, मेनपावर सप्लाई कम्पनीमाथिको कारबाही हुन् । ती हामीले गरेको हो र त्यसलाई राज्यले अपराधी भन्छ भने जनताले यो बुझ्नुपर्दछ– अरुण ३ जस्तो राष्ट्रघाती सम्झौता गरेर अर्बौं कमिबन खाने अपराधी केपी—बादल कम्पनी रहेछ।'
त्यसैगरी म्यानपावर व्यवसायी रोहन गुरुङको घरमा गराइएको विस्फोटका विषयमा नेपाली दिदीबहिनीहरूलाई विदेशी बजारमा आलु बेचेजसरी बेचेका कारण गरिएको बताएका छन्।
आफूले घटाएका घटनालाई चन्दामा लगेर जोड्नु आफ्नो भ्रष्ट अनुहारलाई छोप्ने तुच्छ र उदाङ्गो खेल मात्र रहेको उनको भनाइ छ। आफूले चन्दा उठाउनस नैसर्गिक अधिकार रहेको बताउँदै भनेका छन्, 'हामीले कुनै विदेशी केन्द्रबाट पैसा हसुरेका छैनौँ। कसैको दलाली गरेर कमिसन खाएका छैनौँ । हामी आफ्नै बलबुतामा क्रान्ति हाँक्दैछौँ । अरू कसैका लागि नभएर जनता र राष्ट्रको भविष्यका लागि लड्दैछौँ भने चन्दा उठाउनु हाम्रो नैसर्गिक अधिकार नै हो।'
विज्ञप्ति:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।