काठमाडाैं- सिके राउत नेतृत्वकाे स्वतन्त्र मधेश गठबन्धनकाे राष्ट्रिय परिषद् बैठक बस्ने भएकाे छ। गत शुक्रबार मात्रै सरकारसँग ११ बुँदे राजनीतिक सहमति गरी मूलधारकाे राजनीतिमा फर्किएका राउतले गठबन्धनकाे राष्ट्रिय परिषद् बैठक बाेलाएका हुन्।
बैठक आगामी चैत ४ र ५ गते जनकुपुरमा बस्नेछ। गठबन्धनले सरकारसँग गरेकाे सम्झाैतालाई ऐतिहासिक सफलता र विजय भएकाे बताउँदै यसपछिकाे रणनीति तय गर्न बैठक डाकेकाे जनाएकाे छ।
राष्ट्रिय परिषद् बैठकमा सामेल हुने सबै पार्टी सदस्यलाई चैत ४ गते सोमबार बिहान ७ बजे भित्रै कार्यक्रम स्थलमा आउन सूचित गरिएकाे छ।
सरकारसँग सहमति गरेकाे दाेस्राे दिनमै गृहनगर जनकपुर पुगेका राउतकाे गठबन्धनका नेताकार्यकर्ताले भव्य स्वागत गरेका थिए। साे क्रममा पुरानै शैलिमा 'स्वतन्त्र मधेश' लेखिएका ब्यानर तथा नारा गुञ्जिएकाे भन्दै राउतले सरकारलाई झुक्याएकाे र पुरानै अवस्थामा रहेकाे भनि टिप्पणी भएकाे थियाे।
गठबन्धनकाे राष्ट्रिय परिषद् बैठकले सरकारकाे सहमतिलाई कसरी अर्थ्याउनेछ र भावी कार्यदिशा कस्ताे बनाउनेछ भन्नेमा सबैकाे चासाे रहेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।