बुटवल– रुपन्देहीकाे बुटवल र दाङमा शंकास्पद वस्तु फेला पारिएकाे छ। बुटवल बेलहिया सडकखण्डकाे बुटवल उपमहानगरपालिका-११ स्थित कालिका चाेकमा रहेको ट्राफिक बेरिकेडमाथि नै शंकास्पद वस्तु फेला पारिएकाे हाे।
बम रहेकाे आशंकामा नेपाली सेनाकाे बम डिस्फाेजल टाेली घटनास्थल पुगेकाे र साे क्षेत्रमा सुरक्षा व्यवस्था कडा तुल्याइएकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएकाे छ।
त्यस्तै, तुलसीपुर उपमहानगरपालिका-५ बिपि चाेक नजिकै एक कपडा पसल बाहिर पनि शंकास्पद वस्तु भेटिएकाे छ। साे वस्तुलाई इलाका प्रहरी कार्यालय, तुलसीपुर प्रमुख प्रेम शाहीकाे टाेलिले नियन्त्रणमा लिएकाे छ।
शंकाष्पद वस्तु भेटिएपछि बुटवल र तुलसीपुर दुबै स्थानकाे जनजिवन सशंकित बनेकाे छ।

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द आह्वान गरेकाे दिनमा शंकाष्पद वस्तु भेटिनुले यस कार्यमा साेही पार्टी संलग्नता हुनसक्ने प्रहरीले आशंका गरेके छ।
आपफ्ना नेता पक्राउ परेकाे विराेधमा आह्वान गरिएकाे बन्दका कारण पश्चिम नेपालकाे जनजीवन प्रभावित बनेकाे छ।
बिहानैबाट सवारी साधन सञ्चालनमा आउन सकेका छैनन्। स्कुल, कलेज र बजार पनि बन्द रहेका छन्।
जिल्ला बाहिरबाट आज बिहान रुपन्देही र दाङ आएका गाडीलाई भने प्रहरीले स्कर्टिङ गरी गन्तव्यतर्फ पठाएको प्रहरीले जनाएको छ। यस्तै अन्य जिल्लाहरुमा पनि प्रहरीले लामाे दूरीका सवारीलाई स्कर्टिङ गरी गन्तव्यतर्फ पठाएकाे सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।