काठमाडाैं- नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले कार्यकर्ता पक्राउकाे विराेधमा आज नेपाल बन्द आह्वान गरेकाे छ।
नेकपा तनहुँका जिल्ला कमिटि सदस्य प्रेम शाहीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेकाे विराेधमा आज नेपाल बन्दकाे आह्वान गरेकाे हाे।
उसले प्रहरीकाे कदमप्रति घाेर भर्त्सना गर्दै पक्राउ परेका नेता शाहीकाे रिहाइकाे माग गरेकाे छ।
आज देशका अधिकांश स्थानमा बन्दकाे आंशिक प्रभाव परेकाे छ। राजधानी काठमाडाैंसहित सातै प्रदेशका राजधानी तथा अन्य ठूला सहरहरुमा बन्दकाे आंशिक प्रभाव परेकाे बताइएकाे छ। काठमाडाैंमा निजी तथा सार्वननिक यातायातका साधनहरु निर्वाध चलिरहेका छन्। तर, अन्य दिनकाे तुलनामा भने सावारी चाप न्यून छ।

काठमाडाैंबाट देशका अन्य विभिन्न सहरहरुमा जाने लामाे दूरीका सवारीहरु केही मात्रामा मात्र चलेका छन्। छाेटाे दूरीका सवारीमा भने केही समस्या नरहेकाे महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ।
बजार, व्यवसाय तथा कलकारखानाहरु सञ्चालनमा समेत प्रभाव परेकाे बताइएकाे छ। विद्यालय तथा क्याम्पसहरुकाे बिहानी सत्रकाे कक्षामा समेत प्रभाव परेकाे छ।
सुरक्षा व्यवस्थालाई मध्येनजर गर्दै सडकमा ठूलाे संख्यामा प्रहरी परिचालन गरिएकाे छ। बन्दकाे पूर्णरुपमा प्रभाव गरेका क्षेत्रहरुमा स्कर्टिङ गरेर लामाे तथा छाेटाे दूरीका समवारीहरुलाई गनत्वयमा पुर्याइने महाशाखाले जनाएकाे छ।

बन्दकाे प्रभाव पश्चिम नेपालमा पनि परेकाे छ। बिहानैबाट सवारी साधन सञ्चालनमा आउन सकेका छैनन्। स्कुल, कलेज र बजार पनि बन्द रहेका छन्।
जिल्ला बाहिरबाट आज बिहान दाङ आएका गाडीलाई भने प्रहरीले स्कर्टिङ गरि गन्तव्यतर्फ पठाएको दाङ प्रहरीले जनाएको छ। यस्तै अन्य जिल्लाहरुमा पनि प्रहरीले लामाे दूरीका सवारीलाई स्कर्टिङ गरी गन्तव्यतर्फ पठाएकाे सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरुले बताएका छन्।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।