पिसाब शरीरको सामान्य प्रक्रिया हो। पसिनाजस्तै पिसाबका माध्यमबाट पनि शरीरका लागि अनावश्यक तत्वहरु बाहिर निस्कन्छन्। जसलाई महसुस भएको एकदेखि दुई मिनेटभित्र फ्याँक्नुपर्छ। पिसाब थैली भरिनेबित्तिकै स्नायुप्रणालीले त्यसको संकेत मष्तिष्कमा पुर्याउँछ र पिसाब फेर्न मन लाग्छ। यदि पिसाब थोरै समय पनि रोकियो भने संक्रमण सुरुवात हुन्छ। पिसाब रोक्दा कस्ता समस्या निम्तन्छन् त? आउनुहोस् थाहा पाउनुहोस् :
१. मानिसहरु पिसाब केही मिनेटका लागि या लामो समयसम्म रोकेर राख्छन्। तपाईं पिसाब कतिबेर राख्नुहुन्छ भन्ने कुरा पिसाबको उत्पादनमा भर पर्छ। यसका अलावा तरल पदार्थको उपभोग या पिसाब थैलीको कार्यक्षमतामा भर पर्छ। जति बढी समय तपाईं पिसाब रोकेर राख्नुहुन्छ, तपाईंको पिसाब थैलीमा उति बढी ब्याक्टेरिया विकसित हुन्छ र स्वास्थ्य जोखिमको कारण बन्न जान्छ।
२. पिसाबलाई एकदेखि दुई घण्टासम्म रोक्नाले महिला वा कामकाजी युवामा पिसाबसम्बन्धी समस्या देखिन थाल्छ। जसअन्तर्गत सुरुमा पिसाब थैलीमा पीडा हुन्छ। पिसाब जतिबेर रोकेपनि त्यस क्रममा मिर्गौलाबाट पिसाब थैलीमा जम्मा भइरहेको हुन्छ। हरेक एक मिनेटमा दुई मिलिलिटर पिसाब थैलीमा पुग्छ, जसलाई प्रति एकदेखि दुई घण्टामा खाली गरिरहनुपर्छ। थैली खाली गर्न तीनदेखि चार मिनेटसम्म पनि ढिला गर्यो भने पिसाब फेरि मिर्गौलामै फर्कन थाल्छ। यसको परिणाम पत्थरीको सुरुवात हुन सक्छ, किनकि पिसाबमा युरिया र अमिनो एसिडजस्ता हानिकारक तत्व हुन्छन्।
३. कहिल्यै पनि पिसाब गरिरहेको बेलामा हठात् रोक्नुहुन्न। पिसाब लाग्नेबित्तिकै शौचालय जानुपर्छ। अन्यथा मुत्रमार्ग संक्रमण (युरिनरि ट्राक्ट इन्फेक्सन या युटिआई) हुने खतरा बढ्छ। पिसाब रोकिँदा यस्तो संक्रमण फैलन्छ। सामान्यतः महिलाहरुमा मुत्रमार्गमा संक्रमण बढी हुन्छ। यो जिवाणुजन्य संक्रमण हो, जसमा मुत्रमार्गको कुनै पनि भाग प्रभावित हुन सक्छ।
४.इन्टस्र्टिशल सिस्टाइटिस : यो एक पीडादायी ब्लाडर सिन्ड्रोम हो, जसका कारण पिसाब थैली सुन्निन सक्छ र पीडा हुन्छ। इन्टस्र्टिशल सिस्टाइटिसबाट पीडित मानिसलाई पटक–पटक पिसाब लाग्छ। तर, पिसाब भने कम आउँछ। अहिलेसम्म यसको खास कारण पत्ता लाग्न नसकेपनि डाक्टरहरुका अनुसार यो जिवाणुको संक्रमणकै कारणबाट हुन्छ। यस्ता बिरामीहरु कोही त दिनमा ६० पटकसम्म पनि पिसाब गर्न जान्छन्। यसको पूर्णतः निमुल पार्ने उपाय छैन। तर, उपचारबाट लक्षण कम गर्न सकिन्छ।
५.मिर्गौला फेल : पिसाबसंग सम्बन्धित हरेक प्रकारको संक्रमणले मिर्गौलामा नराम्रो असर पुर्याउँछ। शरीरमा युरिया तथा क्रियटिनिन दुवै तत्व बढ्नाले पिसाबबाट बाहिर निस्कन पाउँदैंन। जसको परिणाम ती तत्व रगतमा फैलन थाल्छन्। यसबाट भोक कम लाग्नु, बान्ता हुनु, कमजोरी हुनु, थकाई लाग्नु, सामान्यभन्दा कम पिसाब आउनु र शरीरका भागहरु सुन्निनुजस्ता लक्षण देखा पर्छन्।
६. पिसाबको रंग गाढा हुन्छ : लामो समयसम्म पिसाब रोक्नाले पिसाबको रंग अलि गाढा हुन्छ। यसरी गाढा हुने कारण पनि संक्रमण नै हो। केही खाद्यपदार्थले पनि पिसाबको रंग गाढा हुन्छ। भिटामिन बीले पिसाबको रंग रातो बनाउछ।
७. पिसाबथैलीको मांसपेशी कमजोर हुन्छ : यदि पिसाब लागेको तीनदेखि चार मिनेटसम्म पनि खाली गरिएन भने पिसाबको टक्सिक तत्व मिर्गौलामा फर्कन्छ, जसलाई रिटेन्सन अफ युरिन भनिन्छ। यसका अलावा पिसाब पटक–पटक रोक्नाले पिसाब थैलीको मांसपेशी कमजोर हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।