• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

द्वन्द्वपीडितको मत– सम्मानसहितको न्यायले मात्रै वास्तविक न्याय

64x64
नेपाल लाइभ मंगलबार, फागुन २८, २०७५  ०७:४०
1140x725

काठमाडौं- दशक लामो सशस्त्र द्वन्द्व बैठान भएको १२ वर्ष बितिसक्दा पनि यसले पारेका घाउहरु भने अझै चहराइरहेका छन्। पीडितहरु राज्यका तर्फबाट मलमको अपेक्षा गरिरहेका छन्।

राज्य मुखले मलम लगाउँछौं नै भनिरहेको छ, तर त्यो व्यवहारमा अनुवाद हुन सकेको छैन। तर, पीडितहरु सरकारसँग न्याय माग्ने कुरामा थाकेका छैनन्। कुनै न कुनै स्वरुपमा न्यायका लागि पीडितहरु आवाज उठाइरहेका छन्।

त्यस्तै पीडितहरुको आवाज मुखरित पारिएको वृत्तचित्र सोमबार राजधानीमा देखाइएको छ। द्वन्द्व पीडित साझा चौतारीले निर्माण गरेको वृत्तचित्रमा पीडितहरु राज्यसँग न्यायसँगै सम्मान मागिरहेका छन्। समाज र राज्यबाट न्यायसँगै आत्मसम्मान पाए मात्र वास्तविक न्यायको अनुभूति आफूहरुले गर्ने उनीहरुको भनाई छ।

नवलपरासीका यातना पीडित बाघविर सुनुवारको गुनासो देशको परिवर्तनमा आफूहरुलाई हिस्सेदार नबनाएकाेप्रति छ। राज्यले यस कुरामा मनन गरे मात्र आफूहरुले वास्तविक न्यायको अनुभूति गर्ने उनको मत छ।

‘यो देशको परिर्वतनमा हाम्रो योगदानलाई गनिएको छैन,’ उनको भनाइ छ, ‘वर्तमान सरकारले हामी पनि यो परिर्वतनको हिंस्सेदार हो भन्ने स्वीकार गर्नुपर्छ। आफ्ना कमजोरीलाई आत्मसाथ गर्नुपर्छ।’

धुनषाकी कल्पना यादवको पनि यस्तै मत छ। तत्कालीन नेकपा (माओवादी)को सशस्त्र युद्धमा आफ्ना परिवारका ५ जनाको हत्याबाट मर्माहित उनी न्याय अनुभूत गराउन राज्यले सहिदका पविारलाई सम्मानपूवर्क व्यवहार गर्नुपर्ने, परिचय–पत्र दिनुपर्ने र स्मारक बनाउनुपर्ने बताउँछिन्।

भन्छिन्, ‘धेरैको आवश्यकता के हुन्छ हाम्रो पनि त्यही हो। हामी राम्रो शिक्षा चाहन्छौं। हामी जुन विषय अध्ययन गर्न चाहान्छौं, त्यो राज्यले उपलब्ध गराउनुपर्छ। सबैभन्दा ठूलो कुरा हामीलाई मान सम्मान चाहिएको छ। हामी सहिदका परिवारलाई सम्मानपूर्वक व्यवहार गरेको हेर्न चाहन्छौं। उनीहरुको स्मारक बनाउनुपर्छ। विशेष परिचय–पत्रलगायत हाम्रा लागि आवश्यक सबै कुरा पुरा हुनुपर्छ।’

द्वन्द्वकालमा तनहुँकी पवित्रा शर्माका श्रीमान्‌काे हत्या भयो। मारिएका श्रीमान् पाउन त सम्भव ठान्दिनन् तर आफूहरुलाई क्षमता अनुसारको रोजगार राज्यले दिए न्यायको अुभूति हुने पवित्रालाई लाग्छ।

Ncell 2
Ncell 2
nimb
nimb

उनको माग यत्ति हो, ‘क्षमता अनुसारको सहयोग अथवा स्वाथ्य उपचार लगायतका क्षेत्रमा केही छुट होस्। हामीसँग न जागिर छ, केही पनि छैन। हामीले कसरी जिउने? हाम्रा छोराछोरीलाई पनि भोलि रोजगारी अथवा घरमा एउटालाई रोजगारी भैदिए पनि, कुनै ठाउँमा लड्दा पनि यो द्वन्द्व पीडितको बच्चा हो है भनेर उनीहरुलाई केही सहुलियत होस्। कुनै पनि ठाउँमा अरुझैँ भिडन्त गर्नु नपरोस्। उनीहरुलाई एउटा छुट्टै कोटाको व्यवस्था होस्।’

बागलुङकी झमकुमारी बस्नेतमा भने राज्यप्रतिको आक्रोस अल्लि बढी छ। द्वन्द्वकाे समय उनका श्रीमान् बेपत्ता पारिए। यसकारण पनि उनको आक्रोस उस्तै छ।

भन्छिन्, ‘दोषीलाई कारबाही, बेपत्ताको सत्यतथ्य सार्वजनिक र पीडितलाई परिपुरण हुनुपर्छ भनेर हामीले राज्यलाई घच्घचाइरहेका छौं। हाम्रो आवाजलाई सरकारले सुनिरहेको छैन। हामीलाई खेलाैना जस्तो ठानिरहेको छ। पीडितहरु थोरै छन्, उनीहरुले के गर्न सक्छन् र भन्ने राज्यले सोचिरहेको छ जस्तो लाग्छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

श्रीमान्‌काे हत्या भएकाे थियाे कञ्चनपुरकी विष्णु पन्तको पनि। उनी द्वन्द्वकालमा गल्ति भएको थियो भनेर राज्यले स्वीकार गरिदिए मात्रै पनि न्यायको अनुभूति हुने बताउँछिन्।

भन्छिन्, 'हामीलाई समाजमा आएर सरकारले हाम्रो गल्ती थियो भनिदिए पनि पुग्छ। यो पनि एउटा न्याय हो। मारिएका, बेपत्ता भएका मान्छे जति छन्, तीनीहरुको नाममा आफ्नो स्थानीय स्तरमा उनीहरुको स्मारकहरु बनाइदिए पनि सम्झनाकाे स्वरुप हुन्थ्यो।’

द्वन्द्वमा दुवै हात गुमाउन पुगेका म्याग्दीका सुरेन्द्र खत्री पनि आफूहरुको आत्मसम्मानको अपेक्षा गर्दैै आफ्ना पीडा र स्मृतिहरु पनि लेखिदिनुपर्ने माग राज्यसँग राख्छन्।

‘कम्तिमा स्थानीय सरकारदेखि सबै सरकारहरुले हाम्रो पीडाहरुको साथ-साथै हामीलाई इच्छा लागेका, गर्न चाहेका कुराहरु गर्ने वातावरण बनाइदिनुपर्छ,’ उनको भनाइ छ, 'द्वन्द्वकालमा हाम्रा पनि स्मृति, इतिहास छन्। यो लेखिनुपर्छ । हाम्रा पीडा पनि इतिहासमा कहिँकतै देखिनुपर्छ। त्यसपछि मात्रै हामीलाई आत्मसम्मान भएको महसुस हुनेछ।न्याय पाएको महसुस हुनेछ।

कानुन मन्त्रीको बाचा

पीडितसँगै बसेर वृत्तचित्र हेरेपछि कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले पीडितलाई आश्वास्त पार्न खोजे केही प्रतिबद्धता जनाएर।

आफ्नो कार्यकालमा द्वन्द्वपीडितको समस्यालाई जसरी पनि टुंग्याउने उनको बाचा थियो। सँगसँगै पीडित र अन्तर्राष्ट्रिय समुदायलाई उनका केही आग्रह पनि थिए- पीडितलाई एकताबद्ध हुन र अन्तर्राष्ट्रिय समुदायलाई शान्ति प्रक्रियाको नेपाली मोडलमा नेपाललाई सघाउन।

मन्त्री ढकालका कुरा:

विगतमा संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिन आयोगका पदाधिकारीको म्याद सकिनै लाग्दा आयोगको पनि म्याद सकिने व्यवस्था गरेका थियौं।

पहिलेका पदाधिकारीको म्याद चैत मसान्तमा सकिँदैछ। संक्रमणकालीन न्यायलाई व्यवहारिक रुपमा समाधान गर्न लाग्ने तयारीमै छौं हामी।

१२ वर्षसम्म चलेको युद्धका पीडितले राज्यप्रति आसा गर्नु स्वभाविक हो। उनीहरको आसाको त्यो उचाईबाट हामीले प्रयत्नहरु गर्न सकेनौं भन्ने लाग्छ। किनभने हामी विभिन्न कानुनहरु बनाउने काममा लाग्यौं।

तर, अब म तपाईंहरुलाई सरकारका तर्फबाट के विश्वास दिलाउन चाहन्छु भने यो समस्या हामी समाधान गर्छौं।

द्वन्द्वसँग सम्बन्धित आयोगलाई तपाईंहरुको संस्थागत सहभागितामा नै हामीले निष्कर्षमा पुर्‍याउँछौं। विगतमा आयोग बने। तर, आयोग बन्ने क्रममा नै पक्षधरताको रागमा पर्‍यो। त्यसको परिणामक कस्तो भयो तपाईंहरुले देख्नु नै भएको छ।

अहिले हामी सबैलाई स्वीकार्य हुने खालको व्यक्तित्व खोज्छौं। अब हामी निर्धारित समयमै सबै काम सक्ने गरी नै आयोगले काम गर्छ भन्ने खालको विश्वास दिने व्यक्तिहरु राखेर नै आयोग निर्माण गर्छौं। त्यसामा पीडित पक्षसँग पनि औपचारिक/अनौपचारिक हामीले कुरा गर्दा जे खालको भावना व्यक्त गर्नु भएको छ, ती भावनालाई पनि आत्मसाथ गरेर काम गर्छौं।

राष्ट्रिय र अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी प्रतिबद्धताहरु हामी प्रतिबद्ध छौं। हामी पक्ष राष्ट्र भएर गरेका अन्तर्राष्ट्रिय सन्धिप्रति पनि प्रतिबद्ध छौं। समग्रतामा आयोग पीडित मैत्री हुनुपर्छ भन्ने भावनालाई खास केन्द्रमा राखेर समस्या समाधानका लागि हामी निर्णायक ठाउँमा पुर्‍याउँछौं। त्यसका लागि सरकारलाई तपाईंहरुको सहयोग चाहिएको छ।

द्वन्द्व पीडितका नाममा पीडितहरु विभक्त हुनुहुँदैन भन्ने कुरामा सरकारका तर्फबाट विबिनम्रतापूर्वक आग्रह गर्न चाहन्छु। यो समस्या हामी सबैले मिलेर समधान गर्नुपर्छ। भावनात्मक हिसाबमा अलिकति बेमेल भयो भने पनि त्यसले यो अभियानलाई सफलताकाे अन्तिम बिन्दुमा पुर्‍याउन बाधा गर्छ।

यो समस्या समाधन भयो भने कतै आफ्ना गतिविधिहरु सदाका लागि अन्त्य हुन्छन् कि भन्ने हिसाबले कुरा द्वन्द्वपीडितकै पक्षमा गरेर पनि समस्या स्थायी राख्ने प्रवृत्ति पनि कायम छ। हामी सबै आ-आफ्नो ठाउँमा त्यस्ता प्रवृत्तिप्रति सजग हुने हो भने यसलाई निष्कर्षमा पुर्‍याउँन सक्छौं।

तपाईंहरुको धारणाअनुसार न्याय निरुपण गर्नुपर्छ भन्नेमा सरकार छ। किनभने न्याय तपाईंहरुका लागि हो। बाँचेकाहरुका लागि हो। राज्यले कम्तीमा पनि तपाईंहरुलाई राहत हुने र सरकार जनताकै रहेछ भन्ने अनुभूति हुने खालको काम गर्छ।

अन्तर्राष्ट्रिय मित्रहरुलाई पनि विगतदेखि जुन खालको सहयोग र यो समस्या छिट्टै समाधान होस् भनेर चासो व्यक्त गरिरहनु भएको छ, त्यसका लागि धन्यवाद।

आगामी दिनमा पनि त्यही खालका सहयोग हामीले प्राप्त गर्ने अपेक्षा गरेका छौं। तर, त्यसो भन्दै गर्दा नेपालको यो समस्या आफ्नै मौलिकतामा हामी समाधान गर्छौं भन्ने कुरा पनि राख्न चाहन्छु। त्यसमा अन्तर्राष्ट्रिय मित्रहरुले सहयोग गर्नुहुने छ भन्ने अपेक्षा राखेको छु।

संयोगले पछिल्लो समय कानुन मन्त्रालयको जिम्मेवारी पाएको छु। मेरो यो कार्यकालमा यो समस्या समाधान भयो भन्ने कुराको अनुभूत गराउनुपर्छ भन्ने संकल्प र प्रतिबद्धताका साथ लागेको छु।

१२ वर्षदेखि छिप्पिएको समस्या थियो कम्तीमा यो मन्त्रीका पालामा समस्या समाधान भयो भन्ने गरी र राज्यले अन्यथा गरेन भन्ने गरी विषयलाई टुंग्याउनुपर्छ भन्ने कुरामा म लागेको छु।

हेर्नुहोस् डकुमेन्ट्रीमा द्वन्द्वपीडितका विचार:

 

प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५  ०७:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्