काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अनलाइन ट्रेडिङ प्रणालीका लागि प्रयोग गरिरहेको सफ्टवेयरका विषयमा छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
नेप्सेले प्रयोग गरिरहेको सफ्टवेयरबाट अनलाईन ट्रेडिङ प्रणालीमा डाटा लिक हुने, सिस्टम क्र्यास हुने जस्ता समस्या दिनानुदिन बढिरहेका कारण सफ्टवेयरको विश्वसनीयतामा आशंका देखिएको भन्दै छानबिनको मागसहित उजुरी परेको हो।
उजुरी दिनेहरुमा कुमार सिटौला, माधव गौतम र ईश्वर गुरुङ रहेका छन्। सफ्टवेयरकै कारण लगानीकर्तामा निराशा जन्माएकोसमेत उजुरीमा उल्लेख छ।
नेप्सेले करिब १९ करोड रुपैयाँ बराबरको लगानीमा ‘वाईको-अ योमरी कम्पनी’मार्फत सफ्टवेयर निर्माण गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।