• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ

64x64
नेपाल लाइभ आइतबार, कात्तिक १, २०८३  ०६:५४
1140x725

काठमाडौं- फ्रान्समा विद्यालयको दयनीय अवस्था, कर्मचारी अभाव र बढ्दो महँगीविरुद्ध शनिबार भएको प्रदर्शन हिंसात्मक बनेको छ। प्रदर्शनका क्रममा कम्तीमा १ हजार २०० जना पक्राउ परेका छन् भने १५० जना प्रहरी घाइते भएका छन्।

फ्रान्सेली सरकारका अनुसार देशभर करिब ५ लाख ५० हजार मानिस प्रदर्शनमा सहभागी भएका थिए। प्रदर्शनका क्रममा राजधानी पेरिससहित विभिन्न सहरमा आगजनी, तोडफोड र लुटपाटका घटना भएका छन्।

पेरिसमा साँझसम्म प्रदर्शनकारी र दंगा नियन्त्रण प्रहरीबीच झडप भएको थियो। प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो।

राजधानीसहित विभिन्न स्थानमा भवन र सवारीसाधनमा आगजनी गरिएको छ। लिमोज सहरको नगर भवनमा लागेको ठूलो आगोका कारण भवनको छानाको केही भाग भत्किएको स्थानीय अधिकारीहरूले बताएका छन्। लियोनमा पर्यटकीय सूचना केन्द्रमा समेत आगजनी भएको छ।

लियोनका मेयर ग्रेगोरी डुसेले पर्यटकीय सूचना केन्द्रमा भएको आगजनीलाई सहरका लागि दुःखद घटना भनेका छन्। ऐतिहासिक तथा प्रसिद्ध भवनमा आगजनी हुनु सहरका लागि ठूलो क्षति भएको उनले फ्रान्सेली सञ्चारमाध्यम बीएफएम टीभीसँग बताएका छन्।

स्थानीय प्रहरीले भने आगो नियन्त्रण गर्न पुगेका अग्निनियन्त्रकलाई केही व्यक्तिले सुरक्षित रूपमा काम गर्न नदिएको जनाएको छ।

दक्षिणपूर्वी सहर सेन्ट-इटियनका मेयर रेजिस जुआनिकोका अनुसार प्रदर्शनका क्रममा एक युवकको हात ग्रिनेड विस्फोटमा परेर चुँडिएको थियो। ‘यस्तो दुःखद घटना कहिल्यै हुनु हुँदैनथ्यो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रदर्शनमा सहभागी केही युवाले आफूहरू शान्तिपूर्ण परिवर्तनको पक्षमा रहेको बताएका थिए। तर साँझ पर्दै जाँदा केही समूहले सडकमा आगो लगाउने, गाडी जलाउने र पसल तोडफोड गर्ने गतिविधि गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

फ्रान्सको आन्तरिक मन्त्रालयले पेरिस, मार्से, रेनेस, टुलुज र आन्जेसहित विभिन्न सहरमा मुख छोपेका व्यक्तिहरूबाट लक्षित हिंसात्मक गतिविधि भएको जनाएको छ। ग्रेनोबल, एभिन्योन, पाउ, मोन्टपेलियर र भालेन्समा पनि भवनमा क्षति पुगेको खबर छ।

पेरिसमा कपडा तथा खाद्यान्न पसलहरूमा लुटपाट भएको छ। लिले सहरमा एप्पलको एउटा पसल तोडफोड गरी सामान लुटिएको छ। राजधानीको प्लास द ला रिपब्लिकजस्ता प्रसिद्ध स्थानमा समेत सवारीसाधन जलाइएको थियो।

बीबीसीका अनुसार शनिबार दिउँसो पेरिसमा भएको मुख्य जुलुस सुरुमा शान्तिपूर्ण देखिएको थियो। प्रदर्शनमा सहभागी केही युवाले आफूहरू शान्तिपूर्ण परिवर्तनको पक्षमा रहेको बताएका थिए। तर साँझ पर्दै जाँदा केही समूहले सडकमा आगो लगाउने, गाडी जलाउने र पसल तोडफोड गर्ने गतिविधि गरेका थिए।

प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले प्रहरीमाथि अत्यन्त तीव्र हिंसा भएको बताएका छन्। प्रदर्शनलाई राष्ट्रपति निर्वाचनको तयारीका रूपमा प्रयोग गर्न खोजिएको उनको आरोप छ। ‘कसैले पनि हिंसाका माध्यमबाट आफ्नो राजनीतिक एजेन्डा थोपर्न पाउने छैन,’ उनले भनेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

राष्ट्रपति इमानुएल म्याक्रोंले सरकारी कार्यालय, व्यवसाय र नगर भवनमा आक्रमण तथा लुटपाट गर्नेहरूलाई कानुनी कारबाही गरिने बताएका छन्।

फ्रान्समा पछिल्ला केही सातादेखि माध्यमिक विद्यालयमा कर्मचारी अभाव र भौतिक संरचनाको कमजोर अवस्थाविरुद्ध विद्यार्थीहरूले प्रदर्शन गर्दै आएका छन्। फ्रान्समा १५ देखि १८ वर्ष उमेर समूहका विद्यार्थी पढ्ने विद्यालयलाई ‘लिसे’ भनिन्छ।

शनिबारको प्रदर्शनमा विद्यार्थीका साथै ट्रेड युनियन र अन्य आन्दोलनरत समूह पनि सहभागी भएका थिए। सन् २०१८ देखि महँगीविरुद्ध आन्दोलन गर्दै आएको ‘येलो भेस्ट’ समूहका सदस्यसमेत प्रदर्शनमा सहभागी भएका थिए।

फ्रान्सेली सरकारले आन्दोलन मत्थर पार्ने प्रयासस्वरूप शिक्षा क्षेत्रमा थप ३ हजार अस्थायी शिक्षक उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो। शिक्षामन्त्री एडुवार्ड गेफ्रेले अक्टोबर ८ मा टेलिभिजन अन्तर्वार्ताका क्रममा उक्त प्रतिबद्धता जनाएका थिए। तर त्यसपछि पनि प्रदर्शन रोकिएको छैन, बरु झन् तीव्र बनेको छ।

फ्रान्समा राजनीतिक अनिश्चितता बढिरहेका बेला प्रदर्शन हिंसात्मक बनेको हो। राष्ट्रपति म्याक्रोंको कार्यकाल आगामी वर्ष सकिँदै छ।

सर्वेक्षणहरूले आगामी अप्रिलमा हुने राष्ट्रपति निर्वाचनमा नेसनल र्‍यालीकी नेतृ मरिन ले पेन र वामपन्थी दल ला फ्रान्स इन्सुमिसका नेता जिन-लुक मेलाँसोंबीच प्रतिस्पर्धा हुन सक्ने संकेत गरेका छन्।

प्रदर्शनमा सहभागी मेलाँसोंले प्रहरीमाथि प्रदर्शनकारीविरुद्ध अत्यधिक बल प्रयोग गरेको आरोप लगाएका छन्। यद्यपि उनले लुटपाट र आगजनीको निन्दा गरेका छन्।

प्रधानमन्त्री लेकोर्नुले भने मेलाँसोंको अभिव्यक्तिलाई ‘खतरनाक र अवसरवादी’ टिप्पणी भनेका छन्। ले पेनले प्रदर्शनकारीका जायज मागलाई अतिवामपन्थी समूहले बन्धक बनाएको आरोप लगाउँदै हिंसा भड्काउन मेलाँसोंको भूमिका रहेको दाबी गरेकी छन्।

विद्यालयको कमजोर अवस्था र महँगीविरुद्ध सुरु भएको आन्दोलनमा राजनीतिक समूहहरूको सहभागिता बढेसँगै फ्रान्समा सार्वजनिक सुरक्षा र आगामी निर्वाचनको वातावरणबारे चिन्ता थपिएको छ।

प्रकाशित मिति: आइतबार, कात्तिक १, २०८३  ०६:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ
सम्बन्धित सामग्री
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ फ्रान्सेली सरकारका अनुसार देशभर करिब ५ लाख ५० हजार मानिस प्रदर्शनमा सहभागी भएका थिए। प्रदर्शनका क्रममा राजधानी पेरिससहित विभिन्न सहर... आइतबार, कात्तिक १, २०८३
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु यमनको दक्षिणी बन्दरगाह सहर अदनस्थित राष्ट्रपतीय दरबार अल-माशिकमा हुथी विद्रोहीले गरेको क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु भएको... शुक्रबार, असोज ३०, २०८३
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी यमनका हुथी विद्रोहीले साउदी अरबका विमानस्थल र तेल प्रशोधन केन्द्रमा आक्रमण जारी राख्ने चेतावनी दिएका छन्। बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक १, २०८३
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्