खोटाङ - काठमाडौंबाट खोटाङतर्फ आउँदै गरेको सुमो सुनकोसीमा खस्दा ३ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।
मृतक र बेपत्ता भएका यात्रुको पहिचान खुल्न बाँकी रहेको छ ।
रातारात हिंडेको सुमो सिन्धुलीको फिक्कल गाउँपलिका-६ स्थित सडकबाट सुनकोसीमा खसेको हो ।
सुमोमा चालकसहित १० जना सवार रहेको जनाइएको छ । थप विवरण आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।