पोखरामा 'दंश'को परिचर्चा

नेपाल लाइभ

Nepal Live

काठमाडौं– कथाकार दिनमान गुर्मछानको कथासंग्रह 'दंश'को परिचर्चा शनिबार पोखराको हिमालयन रिडर्स कर्नरमा भएको छ।

कवि एवम् पत्रकार प्रकाश अधिकारीले कथासंग्रहमाथि आफ्नो अवधारणा पत्र प्रस्तुत गर्दै कथाकारसँग छलफल गरेका थिए।

प्रकाशकाअनुसार दंश आजकाे समयकाे आवाज रहेकाे र कथाकारले केही कथामा प्रयाेगसमेत गरेको कुरा बताए। समग्रमा कथा संग्रह पठनीय रहेकाे उनको निष्कर्ष थियोे।

कथाकार दिनमानले कथा लेखनको आफ्नो अनुभव र रचना प्रक्रियाबारे मन्तव्य राखेपछि पाठकसँग अन्तरक्रिया भएको थियो।

कथाकार दिनमानले मधेस र वरपरका कथा आफ्ना अनुभवजन्य तवरबाट पाठकसामु पस्केकाे र प्रयाेग गरिएका कथामा केही भए पनि सत्यता रहेकोले पाठकले आत्मसाथ गर्नेमा ढुक्क रहेकाे बताए।

र्‍याण्डम रिडर्स सोसाइटी अफ नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा प्रकाशकको तर्फबाट नरेन्द्रकुमार नगरकोटीले प्रकाशकीय मन्तव्य राखेका थिए।

दंश प्रकाशनका सन्दर्भ र शाब्दिक बुक्सकाे निरन्तर अभियान एवम् आगामी प्रकाशन उडान किशोर किशोरीलाई लक्षित उपन्यास रहेकाे बताए।

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने