पोखरा- पर्यटन व्यवसायीको साझा संस्था टुरिस्ट बस एशोसिएसन अफ नेपालको नयाँ कार्यसमितिको अध्यक्षमा प्रल्हाद लोहनी निर्वाचित भएका छन्। संस्थाको सातौँ अधिवेशनले अध्यक्षमा लोहनीलाई निर्वाचित गरेको हो।
समितिको प्रथम उपाध्यक्षमा ढकनाथ काफ्ले, द्वितीय उपाध्यक्षमा भीष्म न्यौपाने, महासचिवमा कृष्ण आचार्य, कोषाध्यक्षमा दीपेन्द्र अधिकारी एवम् सदस्यमा रुपेन श्रेष्ठ र विज्ञान भुजेल रहेका छन्।
पर्यटकको आवागमनलाई सहज एवम् सुविधा सम्पन्न गराउँदै आगामी दिनमा सेवाको प्रभावकारिता अभिवृद्धिका लागि नयाँ कार्यसमिति अझै क्रियाशील बन्ने नवनिर्वाचित महासचिव एवम् यति एडभान्चर टुर्स एण्ड ट्राभल्सका सञ्चालक कृष्ण आचार्यले बताए।
यो एशोसिएसन पर्यटकीय नगरी पोखरा, काठमाडौँ र सौराहा क्षेत्रमा पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न बस सेवा सञ्चालन गर्दै आएका व्यवसायीको संस्था हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।