• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
बहस पुरुष मुक्तिको : पितृसत्ताकै कारण कमजोर बन्दैछन् पुरुष अब शासित हुने पालो पुरुषको : सीमा आभास
64x64
नेपाल लाइभ मंगलबार, फागुन २१, २०७५  १४:२७
1140x725

इटहरी– महिला मुक्तिको बहस नयाँ होइन। सरकार र गैरसरकारी संस्था आफै महिला मुक्तिको बहसमा नलागेका होइनन्। महिला हिंसाको अन्त्य कसरी गर्ने भन्ने बहस धेरै पहिलेदेखि नै चल्दै आएको हो। 

झापाको काँकडभिट्टामा भने सोमबार नयाँ बहसको सुरुवात भयो। शनिबारदेखि सुरु भएको कला साहित्य उत्सवमा बहसको शीर्षक थियो- पुरुषको मुक्ति कसरी?

यो बहसले धेरैको ध्यान खिच्यो। उपस्थित दर्शकहरुले बहसको शीर्षकमाथि नै प्रश्न गरिरहेका थिए। यतिका महिला हिंसाका घटना बढिरहेका बेला पुरुष मुक्तिको कुरा नसुहाउने सम्मका तर्कहरु सुनिए।

बहसका लागि लेखक आहुति, कवि सीमा आभास र प्रनिका कोयु उपस्थित भएका थिए। भावना ओली सहजकर्ताको भूमिकामा थिइन्।

आहुतिले मानव समाजको दृस्टिकोणबाट हेर्दा पुरुष उत्पीडित बन्दै गएको बताए। खासमा पुरुषको मुक्तिको विषय वर्गसँग गएर जोडिने उनको तर्क थियो। 'पुरुषहरुले नै पितृसत्ताको नेतृत्व गरिरहेको जस्तो देखिन्छ। तर त्यही पितृसत्ताले पुरुषकै प्रगतिमाथि धावा बोलिरहेको छ,' उनले भने, 'त्यही विषयलाई व्यावहारिक दृष्टिकोणबाट हेर्दा  पुरुष सुखी र महिला दु:खी भएको जस्तो देखिन्छ।'

उनीलगत्तै बोलेकी कवि सीमा आभासले पुरुषहरु आफै त्रासमा रहेको बताइन्। ‘सर्वप्रथम पुरुषलाई तालिम दिएर त्रासबाट मुक्ति दिलाउनुपर्छ,’ उनले भनिन्, ‘पुरुषलाई भान्साको काम सिकाउनुपर्‍यो। घरमा श्रीमती नहुँदा पनि खाना पकाएर खान सिकाउनुपर्‍यो। कपडा धुन, भाडा माझ्न नसकाएसम्म महिलाप्रति ऊ सधै त्रासमा रहन्छ।’

पुरुष शासक र महिला शाषित बन्नुपर्छ भन्ने मात्र पढाइएको तर्क गर्दै उनले पुरुष र पितृसत्ता नै फरक रहेको बताइन्। 'जबसम्म पुरुषले घरको काम महिलाको र बाहिरी काम आफ्नो हो भन्ने सोच्छ, तबसम्म पुरुषको मुक्ति सम्भव छैन,’ उनको भनाइ थियो। 

समाजको अधारभूत संस्था विवाह भए पनि त्यही संस्थामा महिलाको हैकम बढ्दै गएको र अबको पुस्ताका छोरीहरु सबल र शक्तिशाली बन्दै जाने सीमाले बताइन्। 'शक्तिशालीले कमजोरमाथि जहिल्यै शासन गर्छ। अब शासित हुने पालो पुरुषको हो। त्यसैले पुरुष आफै मुक्तिको लागि तयार हुनुपर्छ,' उनी त्यतिमै रोकिइनन्, 'महिला रहस्यमय हुन्छन्। शरीरकै आधारमा महिलालाई लच्छिन र अलिच्छिन बनइयो। त्यसको सम्पूर्ण दोश पितृसत्ताको हो।'

सिमाको तर्कमा टिप्पणी गर्दै आहुतिले पितृसत्ता झन् बलियो बन्दै गएको बताए।

'अहिले महिलाहरु कमजोर, लजालु तर सुन्दर हुन्छन् भन्ने अवधारणा कायमै छ। यिनै तीन अवधारणाका कारण पितृसत्ता झन् बलियो बन्दैछ। जुन कुरा महिलाहरु आफै पनि स्विकारिरहेका छन्। त्यसैको फाइदा उठाउँदै पितृसत्ताले आफ्नो हैकम राख्न सफल भएको हो,' उनले थपे, 'यो पुँजीवादी समाज हो। जहाँ सम्पत्तिमाथिको पहुँच मुख्य कुरा हुन जान्छ। त्यसैले महिला आर्थिक हिसाबका कति शक्तिशाली बन्दैछन् भन्ने विषयले शासन गर्ने क्षमताको निर्धारण गर्छ।'

उनको भनाइ टुंगिन नपाउँदै सीमाले महिलालाई भौतिक सुन्दरतासँग मात्र तुलना गर्नु गलत भएको तर्क गरिन्। 'खासमा महिलाहरु सबै हिसाबमा सुन्दर नै हुन्छन्। त्यो नकार्न सकिन्न तर त्यसैलाई कमजोरीको रुपमा हेरिनु पितृसत्ताको भूल रहेको उनले सुझाइन्। 

प्रनिकाले भने निजी तर्कमा भन्दा सीमा  र आहुतिकै तर्कमा सहमत जनाउने कोसिस गरिन्। बरु २०३० सालको  एक पत्रिकामा निस्किएको आर्टिकल पढ्न आग्रह गरिन्।

त्यसपछि बोलेका अहुतिले नारीवादका सिद्धान्तले महिला मुक्ति नुहुने तर्क गरे। महिलाका अहिलेसम्म बाहिर आएका विषयको नेतृत्व पितृसत्ताले नै गरीरहेको उनले जिकिर गरे। 'राज्यसत्ता र निजि सम्पत्ति पितृसत्तासँग छ। त्यसैले महिला मुक्ति रोकेको छ। फेरि पनि महिला मुक्ति नभइन्जेल पुरुष मुक्ति असम्भव जस्तै देखिन्छ,' उनले भने।

आहुतिको तर्कमा आलोचनात्मक समर्थन् गरिन् सीमाले। अब विदेशी नारीवादको भन्दा फरक ढंगले नेपाली समाजका महिलाले भोगेको नारीवादको व्याख्या हुनुपर्ने तर्क उनले राखिन्।

प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५  १४:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्रीसँगै स्पेन गएर केही व्यक्ति नफर्किएको भन्दै छानबिन गर्न रास्वपाको माग
बाढीको वितण्डापछि रसुवा जाँदै प्रधानमन्त्री ओली
सडकमा डाक्टर, बिरामी अस्पतालमा अलपत्र (फोटोफिचर)
सम्बन्धित सामग्री
आख्यानकार विजय हितानको कृतिलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार शुक्रबार काठमाडौँमा आयोजित एक समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति , प्रसिद्ध कवि वैरागी काइँलाले सो पुरस्कार कृतिकार वि... शनिबार, जेठ २४, २०८२
जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित लोकार्पण कार्यक्रममा लेखक प्रसाईंले आफ्नो १० वर्षे लेखन यात्राको अनुभव पनि सुनाए । १० वर्ष पहिले नेपालयबाटै प्रकाशन भएको उनको ‘जीवन... सोमबार, वैशाख २९, २०८२
नादसँग झङ्कृत हुँदा यस खण्ड अन्तर्गत रहेर शायरले शेरको वर्षा गराउनु भएको देखिन्छ।’अभ्यासले नै अभ्यस्त हुने हो’ भन्ने कुरा यस खण्डमा देख्न सकिन्छ। शनिबार, वैशाख २७, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्रीसँगै स्पेन गएर केही व्यक्ति नफर्किएको भन्दै छानबिन गर्न रास्वपाको माग मंगलबार, असार २४, २०८२
बाढीको वितण्डापछि रसुवा जाँदै प्रधानमन्त्री ओली मंगलबार, असार २४, २०८२
सडकमा डाक्टर, बिरामी अस्पतालमा अलपत्र (फोटोफिचर) मंगलबार, असार २४, २०८२
शाहीको प्रश्न : जीबी राई कहाँ छन् ? गृहमन्त्री कुन दुलोमा लुकेर बस्नु भएको छ ? मंगलबार, असार २४, २०८२
रसुवा बाढी अपडेट: ५० जनाको उद्धार मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्