काठमाडौं- आन्तरिक पर्यटन प्रवद्र्धनका लागि गोकर्णेश्वर नगरपालिका–४ मा रहेको राष्ट्रिय शहीद तथा शान्ति स्मारकमा घोडचढी यात्राको व्यवस्था गरिएको छ।
स्मारक कार्यालय, भ्याली भ्यू रेस्टुराँ र वाइल्ड हर्स स्टेबलको सहकार्यमा शुरु गरिएको घोडचढी यात्राको आज शुभारम्भ गरियो । शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत निर्माण भइरहेको स्मारक क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि यो सेवा शुरु गरिएको हो।
यस व्यवस्थाले उपत्यकाको दृश्यावलोकन गर्न सकिने रमणीय यज्ञडोल (जगडोल) सामुदायिक वनको ६५० रोपनी क्षेत्रमा निर्माण भइरहेको स्मारक क्षेत्रमा घुम्न जाने पर्यटकले घोडा चढ्न पाउने भएका छन्।
स्मारक निर्माण क्षेत्रको ६५० रोपनी क्षेत्र घुमेको शुल्क रु ५० तोकिएको आज आयोजित कार्यक्रममा स्मारकका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।