• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ २२, २०८२ Thu, Jun 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
यसरी भयो १२ पटकसम्म एनसेलको सेयर खरिद-बिक्री (विवरणसहित)
64x64
नेपाल लाइभ शनिबार, कात्तिक ११, २०७४  १७:५३
1140x725

काठमाडौं– एनसेलको सेयर खरिद–बिक्री प्रकरणमा राज्यलाई तिर्नुपर्ने करिब २० अर्ब रुपैयाँ छली प्रयासमा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो संलग्नताको खुलासासँगै अर्को तथ्य खुलेको छ। 

कर छलीको प्रकरण ०५८ असार ७ गतेदेखि नै सुरु भएको नयाँ तथ्य खुलेको हो । एक कम्पनीबाट अर्कोमा सेयर स्थानान्तरण गर्ने र त्यसवापतको लाभकर नतिर्ने लामो समयदेखिको खेल भएको समेत पाइएको छ।

नेपाल लाइभलाई प्राप्त तथ्यांक अनुसार, ०५८ देखि ०७२ सम्ममा एनसेलको सेयर १२ पटक किनबेच भएको देखिन्छ । ०५८ मा एक पटक, ०६१ मा तीन पटक, ०६२ मा एक पटक, ०६३ मा दुई पटक ०६४, ०६५ र ०६७ मा एक/एक पटक सेयर खरिद–बिक्री गरिएको देखिन्छ । यस्तै, ०६८ मा दुई पटक र ०७२ मा एक पटक सेयर किनबेच भएको छ। 

०५८ साल असार ७ गतेसम्म स्पाइस नेपाल प्रालिको नाममा एनसेल (तत्कालीन समयमा मेरो मोबाइल) को शत प्रतिशत सेयर थियो । जसको सेयर मूल्य तत्कालीन समयमा १ करोड रुपैयाँ थियो । स्पाइसले ५५ प्रतिशत सेयर भारतीय कम्पनी मोदी कर्प लिमिटेडलाई बिक्री गरेको थियो । त्यस्तै, अर्को भारतीय कम्पनी स्पाइस सेल लिमिटेडको नाममा ५ प्रतिशत र खेतान ग्रुप लिमिटेडको नाममा ४० प्रतिशत रहेको तथ्यांक देखिन्छ।

सम्बन्धित समाचार:
एनसेल प्रकरण : २० अर्ब लाभकर छल्ने खेलमा उपेन्द्र महतो, ६० अर्ब डुब्न सक्ने
कर मुद्दामा एनसेललाई फाइदा पुग्नेगरी सर्वोच्चको यस्तो आदेश

०६१ मंसिरमा एनसेलको सेयर राज ग्रुप नेपालको नाममा ५५ प्रतिशत स्थानान्तरण भएको देखिन्छ, जुन मोदी कर्पले बिक्री गरेको भन्ने देखिन्छ । सोही समूहले खेतान समूहको ४० प्रतिशत सेयर पनि खरिद गरेको देखिन्छ । बाँकी ५ प्रतिशत भने स्पाइस सेल भारतकै नाममा रहेको पाइन्छ।

०६१ मंसिरमै डाल्टा ट्रेड साइप्रसमा रहेको कम्पनीले ५७ प्रतिशत सेयर खरिद गरेको देखिन्छ । उक्त सेयरको बिक्रेता भारतीय कम्पनी राज ग्रुप देखिन्छ । त्यसपछि  सो ग्रुपसँग ३८ प्रतिशत शेयर बाँकी थियो । उक्त सेयरको क्यापिटल मूल्य १० करोड निर्धारण भएको देखिन्छ । यसअघि सोही सेयरको मूल्य एक करोड देखाइएको थियो । बाँकी ५ प्रतिशत सेयर ०६१ मंसिरसम्म भारतीय कम्पनी स्पाइस सेलकै नाममा रहेको देखिन्छ।

०६१ चैतमा एनसेलको सेयर फेरि खरिद–बिक्री भएको देखिन्छ । चैतमा टेलियासोनेरा नर्वेको वेस्ट इन्डिजमा रहेको रेनोल्ड्स होल्डिङ कम्पनी सेयर खरिदमा भित्रिएको थियो । उसले डेल्टो ट्रेडिङसँग ४० प्रतिशत सेयर खरिद गरेको देखिन्छ । बिक्रीपछि डेल्टोले आफूसँग १७ प्रतिशत सेयर राखेको थियो । बाँकी सेयरमा राज ग्रुपसँग ३८ र स्पाइस सेलसँग ५ प्रतिशत थियो।

Ncell 2
Ncell 2

‘मेरो मोबाइल’ ब्रान्डमा सञ्चालन भएको कम्पनी ०६७ कात्तिकदेखि एनसेलमा रुपान्तरण भएको थियो । उक्त कम्पनीको सेयर कारोबारका क्रममा एनआरएनका संस्थापक अध्यक्ष महतोले आफ्नै नाममा स्थानान्तरण गरेको देखिन्छ।

०६२ फागुन २२ गते एनसेलको सेयर खरिद–बिक्री भएको थियो । फागुनमा रेनोल्ड्स होल्डिङसँग ५८.६, डेल्टो ट्रेडिङ साइप्रससँग १७, राज ग्रुपसँग १९.४ र स्पाइस सेल भारतसँग ५ प्रतिशत सेयर रहेको देखिन्छ । फागुनमा राज ग्रुपले १८.६ प्रतिशत सेयर रेनोल्ड्स होल्डिङलाई गरेको देखिन्छ।

०६३ जेठ २३ गते पुनः एनसेलको सेयर किनबेच भएको छ । त्यस क्रममा  उपेन्द्र महतोको नाममा रहेको सिनर्जी नेपाल नामक नयाँ कम्पनी एनसेलमा भित्रिएको थियो । जेठको तथ्यांकमा एनसेलको सेयर पाँच वटा कम्पनीसँग रहेको देखिन्छ । रेनोल्ड्ससँग ५८.६, डेल्टो ट्रेडिङसँग १७, राज ग्रुपसँग ११.४, स्पाइस सेलसँग ५ र नयाँ भित्रिएको कम्पनी सिनर्जीसँग ८ प्रतिशत सेयर थियो।  

सोही वर्षको असोजमा पनि एनसेलको सेयर कारोबार भएको देखिन्छ । असोजमा राज ग्रुप आफ्नो सम्पूर्ण सेयर बेचेर एनसेलबाट बाहिरिएको देखिन्छ भने उसको सेयर सिनर्जीले खरिद गरेको देखिन्छ । उक्त मितिसम्म रेनोल्ड्ससँग ५८.६, डेल्टोसँग १७, स्पाइस सेलसँग ५ र सिनर्जीसँग १९.४ (जसमा राज ग्रुपको ११.४ प्रतिशत खरिद गरेको देखाइएको) प्रतिशत सेयर थियो।  

उक्त कारोबार भएको एक वर्षपछि ०६४ मंसिरमा सेयरको अर्को कारोबार भएको देखिन्छ । उक्त समयमा स्पाइस सेलको सेयर जफत भएको भनिएको छ । स्पाइस सेलको क्रमश: १.४, ३ र ०.६ प्रतिशत सेयर जफत भएको तथ्यांकमा देखिन्छ । उसको सेयर जफतपछि एनसेलको सेयर तीन वटा कम्पनीको स्वामित्वमा आएको देखिन्छ । मंसिरमा रेनोल्ड्ससँग ६०, डेल्टासँग २० र सिनर्जीसँग २० प्रतिशत सेयर देखिन्छ।

०६५ साउन १ गते तीन वटा कम्पनीमा रहेको एनसेलको सेयर दुई वटा कम्पनीमा मात्र सरेको देखिन्छ । साउनमा रेनोल्ड्ससँग ८० प्रतिशत र सिनर्जीसँग २० प्रतिशत सेयर रहेको तथ्यांक छ । रेनोल्ड्सले डेल्टाको २० प्रतिशत हिस्सा खरिद गरी आफूलाई ८० प्रतिशतको मालिक बनाएको देखिन्छ। 

यहाँ आइपुग्दासम्म ‘मेरो मोबाइल’ ब्रान्डमा सञ्चालन भएको कम्पनी ०६७ कात्तिकदेखि एनसेलमा रुपान्तरण भएको थियो । उक्त कम्पनीको सेयर कारोबारका क्रममा एनआरएनका संस्थापक अध्यक्ष महतोले आफ्नै नाममा स्थानान्तरण गरेको देखिन्छ । महतोले आफ्नै कम्पनी सिनर्जीको नाममा रहेको २० प्रतिशत सेयर आफ्नो नाममा सारेका हुन्।

०६८ चैत १६ गते महतोले आफ्नो नाममा रहेको सेयर निरज गोविन्द श्रेष्ठलाई बिक्री गरेका थिए । ०७२ जेठ १९ गतेसम्म उक्त सेयर निरज गोविन्दले सुनिभेरा क्यापिटक भेन्चरलाई बिक्री गरेका थिए । सतिष आचार्यकी श्रीमती भावना सिंहको नाममा उक्त सेयर आएको थियो। 

यता, रेनोल्ड्सले आफ्नो सेयर हिस्सा एक्जियाटा कम्पनीलाई बिक्री गरेको थियो ।  एक्जियाटाले नेपालमा आफ्नो उपस्थिति कायम राख्न सिंहको नाममा सेयर राखेको थियो । पावर ब्रोकर आचार्यलाई प्रयोग गरी नेपालमा राजनीतिक तहसम्म पहुँच कायम राख्न एक्जियाटाले यस्तो गरेको थियो। 

सेयर किनबेच प्रकरणमा पछाडि व्यवसायी महतो विभिन्न नाममा जोडिएको तथ्यांकले प्रष्ट देखाएको छ । कम्पनीमा सेयर स्थानान्तरण गर्दा सरकारलाई तिर्नुपर्ने लाभकर २० करोड रुपैयाँको दायित्वबाट बच्न महतोले सर्वोच्च अदालतमा आफूले सेयर बिक्री गरेका बिक्रेता श्रेष्ठ मार्फत मुद्दा लडेका थिए। 

०७२ मा बिक्री भएको सेयरको लाभकर तत्कालीन समयमै ठूला करदाताको कार्यालयले निर्धारण गरी असुल गर्ने प्रक्रिया नथाल्दा यो प्रकरण अदालत पुगेको देखिन्छ।

कहिले कुन कम्पनीको नाममा सेयर खरिद-बिक्री :

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०७४  १७:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आरिफको अर्धशतकीय इनिङ्समा नेदरल्यान्ड्समाथि नेपालको उत्कृष्ट जित
बेथानचोक बस दुर्घटना, एक महिलाको मृत्यु
विश्वकप लिग २ : नेदरल्यान्ड्सले दियो नेपाललाई २२६ रनको चुनौतीपूर्ण लक्ष्य
सम्बन्धित सामग्री
बेथानचोक बस दुर्घटना, एक महिलाको मृत्यु दुर्घटनामा बनेपा नगरपालिका–९ नयाँबस्तीकी ६५ वर्षीया कृष्णमाया तिमल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी... बुधबार, जेठ २१, २०८२
यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको अल्पकालीन आदेश बुधबार न्यायाधीश नित्यानन्द पाण्डेकाे एकल इजलासले अल्पकालीन आदेश जारी गरेकाे हाे। साथै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बाेला... बुधबार, जेठ २१, २०८२
प्रतिनिधि सभा बैठक बिहीबार १ बजे बस्ने गरी स्थगित आजको बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो। बुधबार, जेठ २१, २०८२
ताजा समाचारसबै
आरिफको अर्धशतकीय इनिङ्समा नेदरल्यान्ड्समाथि नेपालको उत्कृष्ट जित बुधबार, जेठ २१, २०८२
बेथानचोक बस दुर्घटना, एक महिलाको मृत्यु बुधबार, जेठ २१, २०८२
विश्वकप लिग २ : नेदरल्यान्ड्सले दियो नेपाललाई २२६ रनको चुनौतीपूर्ण लक्ष्य बुधबार, जेठ २१, २०८२
सरकारलाई ज्यान मुद्दामा माओवादी उपाध्यक्ष सापकोटाविरुद्ध अनुसन्धान गर्न सर्वोच्चको परमादेश बुधबार, जेठ २१, २०८२
यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको अल्पकालीन आदेश बुधबार, जेठ २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
चालू बर्षमा सम्पन्न हुने र दायित्व सिर्जना भएका योजनाहरुलाई कटौती गरिएको छैन : अर्थमन्त्री पौडेल
चालू बर्षमा सम्पन्न हुने र दायित्व सिर्जना भएका योजनाहरुलाई कटौती गरिएको छैन : अर्थमन्त्री पौडेल बुधबार, जेठ २१, २०८२
राष्ट्रिय सभा (अठाराैँ अधिवेशन) बैठक
राष्ट्रिय सभा (अठाराैँ अधिवेशन) बैठक बुधबार, जेठ २१, २०८२
सांसदहरुले गरे सार्वजनिक यातायात सञ्चालन गरेर जिम्मेवार बन्न यातायात व्यवसायीहरुलाई आग्रह
सांसदहरुले गरे सार्वजनिक यातायात सञ्चालन गरेर जिम्मेवार बन्न यातायात व्यवसायीहरुलाई आग्रह मंगलबार, जेठ २०, २०८२
राजावादीको प्रदर्शन सिफल चौर
राजावादीको प्रदर्शन सिफल चौर मंगलबार, जेठ २०, २०८२
प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समिति बैठक
प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समिति बैठक मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
गृहमन्त्रीलाई सदनमा बोल्न दिन विपक्षी दल तयार मंगलबार, जेठ २०, २०८२
महानगर प्रहरी प्रमुख पाण्डे ६ महिनाका लागि निलम्बित मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
आजको राजावादी प्रदर्शन सकियो, ३ जना नियन्त्रणमा बिहीबार, जेठ १५, २०८२
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार बढ्यो बिहीबार, जेठ १५, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्