काठमाडौं– लेखक मीनराज बसन्तको नयाँ उपन्यास ‘पिपिरी’ शनिबार सार्वजनिक गरिएको छ।
काठमाडौंको कुञ्ज थिएटरमा कवि हाङयुग अज्ञात, लेखक तथा समालाेचक सगुना शाह र आख्यानकार अमर न्यौपानेले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन्।
कार्यक्रममा बोल्दै कवि हाङयुग अज्ञातले ‘पिपिरी’ बाल्यकाल सम्झाउने सुन्दर आख्यान भएको बताए।
एउटा बालकको आँखाबाट समाजको परिवेश, अँध्यारा पक्ष र अन्धविश्वासलाई देखाउन खोजिएकाले उपन्यास पठनयोग्य भएको बताए।
त्यसैगरी लेखक एवम् समालाेचक सगुना शाहले आफू सम्भ्रान्त परिवारमा जन्मिए पनि 'पिपिरी' पढेपछि गाउँमा पुगेको अनुभूति भएको र त्यहाँको जनजीवनको बारेमा बुझ्न सजिलो भएको बताइन्।
आख्यानकार अमर न्यौपानेले समाजको परम्परा,अन्धविश्वास र वेथितिलाई आफ्नै आँखाले नियाँल्ने बालकको कथा भएको बताए।
उनले लेखक मीनराजले आख्यानमा आञ्चलिकता प्रयोग गरेको हुनाले कथा पढ्दा निकै रोचक अनुभूति भएको बताए।
आख्यानको रचनागर्भको बारेमा बोल्दै लेखक मिनराजले आफू गाउँमा जन्मिएर गरिबी र अफ्ठेरा परिश्थिति झेल्दै हुर्किएको हुनाले 'पिपिरी' त्यसैको उपज भएको बताए।
लेखक मीनराजको यो दोस्रो उपन्यास हो। उनको पहिलो उपन्यास ‘मूदिर’ युवापुस्ताले निकै रुचाएको पुस्तकको हो।
पुस्तकलाई फिनिक्स बुक्सले प्रकाशनमा ल्याएको हो। पुस्तकको मूल्य रु ३ सय ५० रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।