मुम्बई (एजेन्सी)– बलिउड स्टार शाहरुख खानको छोरी सुहानाको चर्चा चुलिँदै गएको छ । लन्डनमा पढिरहेकी १७ वर्षीया सुहाना अहिले छुट्टी बिताउन भारत फर्किएकी छिन्।
शुक्रबार उनी आमा गौरी खानले दिएको ‘हेलोइन’ पार्टीमा नयाँ तथा ग्लामरस लुक्समा देखा परिन् । बलिउडका प्रायः सबै स्टारहरुको सहभागिता रहेको पार्टीमा सुहाना गोल्डेन ड्रेसमा सजिएकी थिइन् । उनले वानपिस ‘बडीकन’ लुगामा ‘हाइ हिल्स’ लगाएकी थिइन्।
पार्टीमा उनले बलिउडका अन्य स्टार सञ्जय कपुर, सोहेल खानकी श्रीमती सीमा खानसँग पनि तस्बिर खिचाएकी थिइन् । सम्बन्ध विच्छेद गरिसकेका अरबाज खान र मलाइका अरोरा पनि पार्टीमा देखिएका थिए।
पार्टीमा ऋतिक रोसनकी पूर्व श्रीमती सुजैन खानका साथै इलियाना डिक्रुज, बिग बोसकी पूर्व प्रतियोगी मन्दाना करिमी र सना खान पनि उपस्थित थिए।
शाहरुखकी छोरी सुहानाले यसअघि नै फिल्म क्षेत्रमा आउने सार्वजनिक गरिसकेकी छिन् । शाहरुखले पनि छोरीको इच्छालाई आफूले नदबाउने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।