काठमाडौ– ललितपुरको गोदामचौर बलात्कार काण्डका तीनै जना अभियुक्तलाई जनही २० वर्ष ६० दिन जेल सजाय हुने फैसला भएको छ।
सामूहिक बलात्कारमा परेकी गोदामचौरकी २१ वर्षीया युवतीको मुद्दामा १५ महिनापछि फैसला भएको हो।
ललितपुर जिल्ला अदालतका न्यायाधीश धनसिंह महराको इजलासले तनि जनलाई दोषी ठहर गर्दै यस्तो फैसला सुनाएको हो।
२०७४ मंसिर ३ गते गोदावरी नगरपालिका–१ गोदामचौरमा भएको सामूहिक बलात्कारको घटनाका अभियुक्तहरु रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई जनही दश वर्ष कैद सजाय भएको हो। त्यसैगरी ज्यान मार्ने अभियोगमा उनीहरुबाट पीडितलाई जनही एक लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि जिल्ला अदालको फैसलामा भनिएको छ।
उनीहरुलाई सामूहिक बलात्कार र जबरजस्ती करणीमा ५-५ वर्ष गरी १० वर्ष, ज्यान मार्ने उद्योगमा १० वर्ष र चोरीमा ६० दिन गरी जम्मा २० वर्ष ६० दिन कैद गर्ने फैसला भएको अदालतका श्रेस्तेदार चन्द्रप्रकाश तिवारीले बताए। यसमध्ये सबैभन्दा बढी सजाय हुने छ।
जिल्ला अदालतले तीनै अभियुक्तले बलात्कार, ज्यान मार्ने उद्योग तथा चोरी कसुर गरेको ठहर समेत गरेको छ।
कानुन अनुसार ठुलो सजाय हुने ठहर भएमा त्यसैमा गाभिएर सजाय हुने जिल्ला अदालत ललितपुरका श्रेस्तेदार चन्द्र प्रकाश तिवारीले बताए।
सामूहिक बलात्कारपछि ज्यान मार्ने उदेश्यले टाउकामा ढुगांले किचेर मरेको भनेर उनीहरुले फालेका थिए। घटनाको भोलिपल्ट बेहोस अवस्थामा तोरीबारीमा युवती भेटिएकी थिइन्।
घटनाको दिन काम सकाएर घर फर्कँदा उनीहरुले पिछा गर्दै धकेलेर लडाएपछि बलात्कार गरेका थिए।
बेहोस हुनुभन्दा पहिला उनीहरुको अनुहार चिनेको भन्दै पीडितले तीनैजनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। मुद्दामा पुर्पक्षका लागि थुनामा नराखी छोडेपछि आलोचना भएको थियो। तर अदालतले अन्तिम फैसला सुनाउँदा दोषी ठहर गर्दै पीडितलाई न्याय दिएको छ।
यसअघि गत वर्ष पुस २६ गते ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधीश बालमुकुन्द दवाडीले तीनै अभियुक्तलाई साधारण तारेखमा छोड्ने आदेश दिएका थिए। त्यस विरुद्ध उच्च अदालत पाटनमा निवेदन दायर भएको थियो।
ललितपुरको गोदावरी नगरपालिका–१, गोदामचौरका २१ वर्षीय विशालध्वज कार्की र सोही ठाउँका २१ वर्षीय पवन कुँवरले २१ वर्षीया युवतीमाथि बलात्कार आरोपमा पक्राउ गरेका थिए।
गोदामचौरमा एक युवतीमाथि कार्की र कुँवरसहित रघु सिलवालले सामूहिक बलात्कार गरेका थिए।
बलात्कारको आरोपमा पक्राउ परेका उनीहरु जिल्ला अदालत ललितपुरको गत वर्षको पुस २६ गतेको फैसला अनुसार तारेखमा छुटेका थिए।
जिल्ला अदालतको निर्णय उच्च अदालत पाटनले उल्ट्याउँदै माघ २५ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। त्यसपश्चात् फरार रहेका उनीहरुमध्ये दुई जनालाई महाशाखाको टोलीले गरी मुद्दा चलाएको थयो।
गत वर्ष मंसिर २ गते साँझ गोदावरीकी २२ वर्षीया एक विवाहित युवतीमाथि घर फर्किने क्रममा गोदावरी खोलामा सामूहिक बलात्कार भएको थियो।
बलात्कार गर्ने बेला प्रतिवाद गर्दा युवतीको हात भाँचिएको थियो भने टाउकामा ढुंगा प्रहार गरी घाइते बनाएर बलात्कार गरिएको थियो।
गम्भीर घाइते भएकी युवतीको सफल उपचार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।