काठमाडौं- दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीप्रति शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ।
शोक प्रस्ताव पारित गर्नुअघि सभामुख कृष्णबहादुर महराले शोक वक्तव्य पढेर सुनाएका थिए।
बुधबार निधन भएका अधिकारीको शोकमा प्रतिनिधिसभा एक मिनेट मौन धारण गरी सकिएको छ।
प्रतिनिधिसभाको अर्को बैठक शनिबार एक बजे बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।