नयाँ दिल्ली (एजेन्सी)– ‘इन्डियन आइडल’ मा भाग लिइसकेका र तेक्वान्दोका दुई पल्टका राष्ट्रिय च्याम्पियन सुरज उर्फ सुरज फाइटर चोरीको मामिलामा पक्राउ परेका छन्।
अंग्रेजी भाषामा पनि उत्तिकै पोख्त रहेका सुरज विरुद्ध दिल्लीमा मात्र चोरीका २४ वटा मुद्दा दर्ता थिए । दुई साताअघि मात्र जेलबाट छुटेका सुरजलाई दिल्लीको रणहौला क्षेत्रमा चोरी गर्दै गरेको अवस्थामा पुनः पक्राउ गरिएको हो।
प्रहरीका अनुसार, सुरज पेशाले कम्प्युटर इञ्जिनियर हुन् र उनका पिता मुम्बई उच्च अदालतमा वकालत गर्छन्।
पारिवारिक पृष्ठभूमि राम्रो भएका सुरज महँगो सौख र मस्तीको जीवनयापन गर्ने भएकाले अपराधमा संलग्न भएको प्रहरीको भनाइ छ । खराब आचरणकै कारण उनलाई परिवारका अन्य सदस्यले घर प्रवेशमा रोक लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।