काठमाडौं- पूर्व उपप्रधान तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य नाजुक रहेको छ। हाल उनको काठमाडौंस्थित ह्याम्स अस्पतालको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।
अधिकारीको स्वास्थ्य अवस्था नाजुक रहेको ह्याम्स अस्पताल स्रोतले जानकारी दिएको छ।
लामो समयदेखि छातीको संक्रमणबाट पीडित उनलाई अस्पताल भर्ना गर्ने र डिस्चार्ज गर्ने क्रम पटकपटक दोहोरिएको थियो।
पुस २३ देखि अस्वस्थ भएर शुरुमा मेटिसिटीमा अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो।
त्यसपछि फेरी उनलाई धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।