काठमाडौं- हवाई दुर्घटनामा निधन भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरिरमा पार्टी प्रवक्ता नारायाणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य वामदेव गौतम र रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय झण्डा ओडाएर श्रद्धाञ्जली दिएका छन्।
अन्तिम संस्कारका लागि अधिकारीको गृह जिल्ला कास्की लगिएको शवमा पार्टीका नेताहरुले श्रद्धाञ्जली दिएका हुन्। नयाँबजार स्थित पर्दशर्नी केन्द्रमा राखिएको श्रद्धाञ्जलीमा नेपाल सरकारका श्रममन्त्री गोकर्ण विष्ट, भुमि व्यवस्था मन्त्री पद्मा अर्याल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्बा गुरुङ श्रद्धाञ्जली दिएका हुन्।
नेकपा स्थायी समिति सदस्य योगेश भट्टराई र घनश्याम भुसाल पनि अन्तिम श्रदाञ्जलीमा सहभागी भएका छन्।
श्रद्धाञ्जलीका लागि नेता तथा कार्यकर्ताको ठूलो लाम पोखरामा लागेको छ। नेकपाका नेताहरु, प्रतिपक्ष दलका नेता,कार्यकर्ता तथा सर्वसाधारणले माल्यार्पण गरेपछि शवयात्रा हुनेछ।
श्रद्धाञ्जली पछि शवयात्रा नयाँबजार, महेन्द्रपुल,रानीपौवा,हस्पीटल चोक,राममन्दिर हुदै रामघाट पुग्नेछ। अधिकारीलाई राष्ट्रिय सम्मानका साथ पोखराको रामघाटमा अन्त्यष्टि गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।