चितवन- मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि चितवनमा ४०८ मतदान केन्द्र तोकिएको छ।
जिल्लामा १६१ मतदानस्थलमा ४०८ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार जानकारी दिए । यसअघि स्थानीय तहको निर्वाचनमा १६१ मतदानस्थलमा ३७६ मतदान केन्द्र रहेकोमा अहिले ३२ मतदान केन्द्र थपिएको छ।
४०८ मतदान केन्द्रका लागि दुई हजार ८ सयभन्दा बढी कर्मचारी परिचालन गर्ने निर्वाचन कार्यालयको तयारी छ । यसअघिको संविधानसभा निर्वाचनमा पाँच निर्वाचन क्षेत्र रहेको चितवनमा यस पटक तीन क्षेत्र निर्धारण गरिएको छ । मंसिर १६ गते मनोनयन दर्तासँगै निर्वाचनको चहलपहल बढ्नेछ।
निर्वाचनमा तीन लाख ५४ हजार ३६ मतदाता सहभागी हुने मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिए । स्थानीय तहको निर्वाचनभन्दा यस निर्वाचनमा ४१ हजार ३३ मतदाता थपिएका छन् । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।