काठमाडौँ- दिवंगत मन्त्री रवीन्द्र अधिकारीको शव टुँडिखेलबाट उठाइएको छ। श्रद्धाञ्जलीका लागि राखिएको उनको शव अबको केही समयमा गृहनगर पोखरा लगिने बताइएको छ।
मन्त्री अधिकारीको अन्तिम संस्कार राजकीय सम्मानका साथ पोखरामा प्रदेश सरकारले गर्ने तयारी गरेको छ।
अन्तिम संस्कारमा सहभागी हुन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलससहित नेकपाका महासचिव विष्णु पौडेल, नेता बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि पोखरा जाने कार्यक्रम तय गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।