काठमाडौं- हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलगायत सातै जनालाई श्रद्धाञ्जली दिन सर्वसाधारणको भिड लागेको छ।
काठमाडौंको टुँढिखेलमा हातमा फूलमाला लिएर आम सर्वसाधारण श्रद्धाञ्जलीका लागि लामबद्ध बसेका हुन्।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री अधिकारीलाई राष्ट्रिय झन्डा ओढाएर सम्मान गरेका थिए।
साथै राष्ट्रपति विद्यादेवी भण्डारी पनि मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन टुँडिखेल पुगेकी थिइन्।
मन्त्री अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिन सरकारका मन्त्री, उच्च पदस्थ अधिकारी, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता समेत टुँडिखेल पुगेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।