पोखरा- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्तिम श्रद्धाञ्जली तथा अन्तिम संस्कार पोखरामा शुक्रबार हुने भएको छ।
ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीको अन्तिम श्रद्धाञ्जलीका लागि पोखरामा तयारी तीव्र पारिएको हो।
पोखरा नँयाबजारस्थित प्रदर्शनी केन्द्रमा मन्त्री रवीन्द्र अधिकारीको अन्तिम श्रद्धाञ्जलीका लागि भौतिक तयारी लगभग अन्तिम चरणमा पुगेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।
श्रद्धाञ्जली कार्यक्रम, शव यात्रा र अन्त्यष्टिमा सहभागी हुन नेकपाका नेता तथा कार्यकर्तालाई उपस्थितिका लागि आग्रह गरेको छ।
हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाको निधन भएको थियो।
अहिले मन्त्री अधिकारीको शव श्रद्धाञ्जलीका लागि काठमाडौंको टुँढिखेलमा राखिएको छ।
अबको केही समयपछि मन्त्री अधिकारीको शव पोखरा लैजाने कार्यक्रम रहेको छ।
तस्बिर सौजन्यः विश्वदर्शन पराजुली



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।