काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई राष्ट्रिय झन्डा ओढाएर सम्मान गरेका छन्। टुँडिखेलमा आयोजित श्रद्धाञ्जली सभामा प्रधानमन्त्री ओलीले राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरेका हुन्।
यस अघि राष्ट्रपति विद्यादेवी भण्डारी पनि मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन टुँडिखेल पुगेकी थिइन्।
मन्त्री अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिन राष्ट्रपति भण्डारीका साथै सरकारका मन्त्री, उच्च पदस्थ अधिकारी, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा आम सर्वसाधारणसमेत टुँडिखेल पुगेका छन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।