काठमाडौं- ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिन राष्ट्रपति विद्यादेवी भण्डारी टुँडिखेल पुगेकी छन्।
मन्त्री अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिन राष्ट्रपति भण्डारीका साथै सरकारका मन्त्री, उच्च पदस्थ अधिकारी, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा आम सर्वसाधारणसमेत टुँडिखेल पुगेका छन्।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।