काठमाडौं- चोरीका घटना बढेको र प्रहरीले सुरक्षा दिन नसकेको भन्दै शनिबार बिहान जोरपाटीमा स्थानीयले चक्काजाम गरेका छन्।
केही दिनअघि मात्र सुन पसलमा चोरी भएको र शुक्रबार फेरि मोबाइल पसल लुटिएपछि स्थानीयहरु प्रहरीसँग आक्रोशित भएका हुन्।
प्रहरीले सुरक्षामा ध्यान नदिँदा अपराध बढेको भन्दै जोरपाटी चोकमा स्थानीयले टायर बालेर केही समय चक्काजाम गरेका छन्।
यसैबीच, स्थानीय र पीडितहरुलाई बोलाएर महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी अच्युत पुडासैनीले छलफल गरेका छन्। छलफलमा उनले चोरीमा संलग्नहरुको खोजी भई रहेको र छिट्टै पक्राउ गर्ने आश्वासन दिए।
तीन सातायता राजधानीको सुरक्षा खस्किएको भन्दै आलोचना भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।