काठमाडौं- चर्चित रक ब्यान्ड 'एक्सिस'को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।
करिब १० महिनापछि ब्यान्डले नयाँ भिडियो सार्वजनिक गरेको हो। 'सात समुन्द्रपारि' बोलको यो गीत घरगाउँ एल्बममा समाविष्ट छ। कल्याण सिंहको शब्द र संगीत रहेको रहेको गीतको छायांकन अस्ट्रेलियाका रमणीय ठाउँहरुमा गरिएको छ। सौरव मानन्धरको सिनेम्याटोग्राफी र प्रविन श्रेष्ठको सम्पादन रहेको भिडियोमा सुनोद श्रेष्ठ, सौरभ मानन्धर, विराज खड्का, सुरभि मानन्धर र प्रेरणा थापाले अभिनय गरेका छन्।
डिजिटल कि प्रोडक्सन र एस इभेन्ट्सको संयुक्त प्रस्तुतिमा बनेको भिडियोलाई सुनोद श्रेष्ठले निर्देशन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।