नयाँ दिल्ली- भारतको आन्ध्र प्रदेशमा भएको दुर्घटनामा परी शनिबार ७ जना तीर्थयात्रीको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएको र केहीको अवस्था गम्भीर रहेको सरकारी अधिकारीले जानकारी दिएका छन्।
रवुलापालेम् अमलापुरम राजमार्ग अन्तर्गत पर्ने पूर्वी गोदावरी जिल्लाको मोडेकुरु भन्ने ठाउँमा दुर्घटना भएको हो। दुर्घटनामा पर्नेहरु अलवाराम गाउँका स्थानीय बासिन्दा हुन्।
मृत्यु हुनेहरुमा सबै महिला रहेका छन्। उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको र घाइतेलाई नजिकैको स्थानीय अस्पतालमा भर्ना गरिएको एक प्रहरी अधिकारीले बताए।
उनीहरु सबै प्रसिद्ध भगवान् वेनकातेश्वर स्वामीको मन्दिरमा दर्शनका लागि जाँदै थिए।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।