रुकुम (पूर्व)– जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले चरेससहित एक महिलालाई पक्राउ गरेको छ। जिल्लाको सिस्ने गाउँपालिका–५ रुमालबाराबाट ८ सय ग्राम चरेससहित गाउँपालिका–६ की ५३ वर्षीय विद्या गुरुङलाई पक्राउ गरेको हो।
गुरुङलाई चरेससहित सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रनाउ खड्काले जानकारी दिए। घरबाटै लुकाइछिपाइ बिक्री–वितरण भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)बाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।