महेन्द्रनगर– कन्चनपुरमा ट्याक्टरले ठक्कर दिंदा एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१२ ऐरी बिष्णु टोलका ४० वर्षीय दिनेश तिरुवा छन्।
तिरुवालाई मंगलबार भीमदत्त नगरपालिका– १२, ऐरी घाटमा से१त ३६५० नम्बरको मालबाहक ट्याक्टरले ठक्कर दिएको थियो। तिरुवाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले बताए।
पोस्टमार्टमका लागि लाश अस्पताल ल्याइएको र ट्याक्टर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डिएसपी ओझाले बताए। तिरुवा ऐरीघाटस्थित महाकाली नदीबाट ढुंगा–गिट्टी निकाल्ने काम गर्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।