काठमाडौं– भारतीय सीमासँग जोडिएका नेपालका कैलाली, कन्चपुर र बर्दिया जिल्लाका सुरक्षा अधिकारीसँग भारतीय अधिकारीको मंगलबार आकस्मिक बैठक भएको छ।
भारतको उत्तरप्रदेशमा पर्ने खिरी जिल्लाको पलिया लखिमपुरका भारतीय सुरक्षा अधिकारीले बैठक बोलाएका हुन्।
बैठकमा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरीका डिएसपी, नेपाल प्रहरीका एसपी, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरीका डिएसपीको सहभागिता थियो।
भारतका तर्फबाट खिरी जिल्लाका डिएम, भारतीय प्रहरीका एसएसएपी, एसपी, दुधुवा राष्ट्रिय निकुञ्जका प्रमुख र भारतीय लोकसभा आमनिर्वाचन २०१९ का कर्मचारीको उपस्थिति थियो।
बैठकमा भारतमा आउ“दै गरेको लोकसभाको निर्वाचनको समयमा अनैतिक क्रियाकलाप, चोरीपैठारी, लागूऔषध ओसारपसार कसरी नियन्त्रण गर्ने भन्ने विषयमा छलफल भएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी आभूषण तिमिल्सिनाले बताए।
लखिमपुरमा भएको बैठकमा भारतीय सञ्चारमाध्यमलाई समेत प्रवेश नदिएको भन्दै भारतीय सञ्चारमाध्यम आर्यावर्त टाइम्सलगायतका सञ्चारमाध्यमले असन्तुष्टि जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।