काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रिय, क्षेत्रीय तथा अन्तराष्ट्रिय तहमा मानव अधिकारका लागि काम गर्नुपर्ने बताएका छन्।
स्विटजरल्यान्डको जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को कार्यक्रममा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा सन्तुलित सम्बन्ध कायम गर्न आफूहरुको जोड रहेको बताएका हुन्।
सबैका लागि मानव अधिकार समान हुनुपर्ने बताएका मन्त्री ज्ञवालीले मानवअधिकारका विश्वव्यापी मान्यता प्रति विश्वास रहेको बताए।
मानव अधिकार र शान्तिका लागि समावेशी विकास आवश्यक रहेको बताउँदै उनले भने, ' समावेशी विकास बिना शान्ति र मानव अधिकार प्राप्त हुँदैन।'
परिषद्को यो ४०औं सम्मेलन हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।