काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरूः
१) स्वास्थ्य बिमा देशव्यापी बनाउन सार्वजनिक महत्वको जरुरी प्रस्ताव संसदमा पेस, वर्तमान मोडेलमाथि सत्ता पक्षकै सांसदको प्रश्न।
२) संसदीय सुनुवाइ बैठकमा कोरम नपुगेपछि दोस्रो पटक पनि स्थगित, सांसदले ह्वीप पनि मानेनन्।
३) महासंघमा अध्यक्ष राणाको मनपरी, ५ विकृति देखाउँदै कोषाध्यक्ष प्रधानको १० पाने राजीनामा।
४) भारतीय क्रिकेट कन्ट्रोल बोर्डको पत्रचारपछि आइसिसीको प्रतिक्रिया, भारत र पाकिस्तानबीचको खेल निर्धारित मितिमै हुने संकेत।
५) र, भारतीय वायुसेनाले पाकिस्तानमा बम खसाल्यो, जवाफी कारबाही गरिएको पाकिस्तानी सेनाको दाबी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।