भद्रपुर– झापाको मेचीनगर नगरपालिका–१५ स्थित ज्यामिरगढीमा मंगलबार बिहान कोदालोको पासोले हानेर एक व्यक्तिले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ।
घरायासी विवादमा ३५ वर्षीय लेखिन्द्र राजवंशीले आफ्नी श्रीमती ३४ वर्षीया चम्पली राजवंशीलाई कोदालोको पासाले हानेर हत्या गरेका हुन्।
श्रीमानले हानेको कोदालोको पासोले लागेर चम्पलीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले बताए।
आरोपी लखिन्द्रलाई आजै प्रहरीले पक्राउ गरेको छ। उनलाई इलाका प्रहरी कार्यालय धुलावारीको प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
शव मेची अञ्चल अस्पताल भद्रपुर पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।