दाङ – दाङको घोराहीबाट ११ जना श्रमिक बालबालिकाको उद्धार गरी परिवारमा पुनःस्थापना गरिएको छ।
घोराही उपमहानगरपालिका, युनिसेफको सहयोग र हिमालय शान्ति तथा विकास अभियानले घोराहीका विभिन्न पसलमा काम गर्दै आएका बालबालिकालाई उद्धार गरी परिवारमा पुनःस्थापना गरेको हो।
उद्धार गरी परिवारमा पुनःस्थापना गरिएका बालबालिकामा घोराही– ४ का विशाल परियार, प्रमोद सुनार, घोराही १८ का दीपक डाँगी, युवराज डाँगी, घोराही १२ का मञ्जु केसी, यमुना नेपाली, सदर नेपाली र सन्तोष रावत रहेका छन्।
त्यसैगरी, घोराही– ७ का कमला चौधरी, घोराही– ५ का सुरेश परियार र घोराही १० का निशान्त चौधरीलाई श्रमबाट उद्धार गरी परिवारमा पुनःस्थापना गरिएको हो।
ती बालबालिकालाई शौक्षिक सामग्रीसहित परिवारलाई आयआर्जनका लागि रु १६ हजार पाँच सय समेत सहयोग गरिएको छ।
बालबालिकालाई पढाउने र सहयोग रकमले आर्थिक उर्पाजन गर्ने सहमतिमा उनीहरुलाई सहयोग गरिएको अभियानका अध्यक्ष विकिरण गौतमले जानकारी दिए।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता न्यौपानेले शैक्षिक सामग्री, नगद सहित बालबालिकाहरुलाई परिवार र सम्बन्धित वडा अध्यक्षहरुको जिम्मा लगाएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।