काठमाडाैं- गृहमन्त्री रामबहादुर थापाले सहिदहरुले देखाएको बाटोबाटै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री थापाले सहिदहरुको बलिदानीपूर्ण संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको उल्लेख गर्दै उनीहरुले देखाएको बाटोबाटै मुलुकलाई समृद्ध बनाउने दिशामा अघि बढ्न पनि सबैलाई आह्वान गरे।
मंगलबार काठमाडौंमा जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सहिदहरुले देखाएको बाटोबाटै समाजवाद निर्माणको आधार तय गर्दै अघि बढ्ने संकल्प पनि गरे।
सहिदहरुको सपना, त्याग र बलिदानबाटै मुलुकमा राजनीतिक तथा सांस्कृतिक परिवर्तन सम्भव भएको उल्लेख गर्दै गृहमन्त्री थापाले अब मुलुक समृद्धिको नयाँ युगमा प्रवेश गरेको पनि दाबी गरे। उनले मुलुकको समृद्धिका लागि राष्ट्रिय एकतालाई झनै सुदृढ बनाउँदै अघि बढ्नुपर्नेमा पनि जोड दिए।
गृहमन्त्री थापाले नेपालको सामाजिक तथा राजनीतिक परिवर्तनमा उत्पीडित समूदायले पुर्याएको योगदानको पनि खुलेर प्रशंषा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।