राजविराज– सप्तरीमा मंगलबार बिहान वृद्ध दम्पत्तीको शंकाष्पद रुपमा शव फेला परेको छ।
खडक नगरपालिका-५, खरचुहियाका करीब ७० वर्षिय सवुरी साह र उनकी पत्नी ६५ वर्षीया वेचनी साहको शव फेला परेको हो।
बिहान ८ बजेसम्म नउठेपछि घरमा हेर्न जाँदा दुबैको शव फेला परेको स्थानीयले बताएका छन्। दुबैको करेन्ट लागेर मृत्यु भएको हुनसक्ने स्थानीयवासीले आशंका गरेका छन्। दुबैकाे शरीरको केही भाग जलेको स्थानीयकाे भनाइ छ।
एसपी राजेन्द्र विष्टसहितको प्रहरी टोली घटनास्थलमा पुगेको छ। प्रहरीले दम्पत्तीको हत्या भएको आशंका गरेको छ। घटनास्थलको मुचुल्का र थप अनुसन्धानको प्रकृया सुरु गरिएको एसपी विष्टले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।