काठमाडौं– नेपालका युवा लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) ओस्कार्सअन्तर्गत ब्रेकथ्रू स्टारको अवार्ड जितेका छन्। गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुलाई प्रदान गरिने अवार्डअन्तर्गत सन्दीपले ब्रेकथ्रू विधातर्फको अवार्ड हात पारेका हुन्।
गत सिजन आइपिएलका लागि छनोट भएलगत्तै उनी सिपिएल टिम सेन्ट किट्स एन्ड नाभिस प्याट्रिओट्समा आबद्ध भएका थिए। ५ हजार डलरमा आबद्ध उनले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा ५ खेलमा ७ विकेट लिन सफल भएका थिए।
अवार्डमा उत्कृष्ट क्याच वेस्ट इन्डिजका खरी पेयरी जितेका छन्। यस्तै उत्कृष्ट सेलिब्रेसनको अवर्ड क्वाइस अहमेदले हात पार्दा आन्द्रे रसेलले उत्कृष्ट शतकको अवार्ड हात पारे।
सन्दीप हाल पाकिस्तान सुपर लिगका लागि युएईमा छन्। सन्दीपले अहिलेसम्म ९ विदेशी फ्रेन्चाइज लिग खेलिसकेका छन्।
सन्दीप आबद्ध भएका विदेशी फेन्चाइज लिग
आइपिएल (भारत), ग्लोबल टी–२० (क्यानडा), सिपिएल (वेस्ट इन्डिज), एपिएल (अफगानिस्तान), टी-१० (यूएई), बिबिएल (अस्ट्रेलिया), बिपिएल (बंगलादेश), हङकङ टी–२० ब्लिज, पिएसएल (पाकिस्तान)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।